
वीरगन्ज । मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यस्थल पर्साको ठोरी क्षेत्रलाई पर्यटन, कृषि र वनजंगलमा आधारित लगानीको ‘विशेष आर्थिक क्षेत्र (सेज)’ घोषणाका लागि पहल गरिदिन नेपाल राष्ट्र बैंकका गर्भनर विश्व पौडेललाई आग्रह गरिएको छ।
मंगलबार ठोरी पुगेका गर्भनर पौडेलसँग गरिएको अनौपचारिक छलफलका क्रममा स्थानीय युवा उद्यमी र व्यवसायीहरूले ठोरीलाई कृषि, पर्यटन र वनजंगलमा आधारित लगानीको ‘विशेष आर्थिक क्षेत्र ९सेज०’ घोषणाका लागि पहल गरिदिन आग्रह गरेका हुन्।
ठोरी जंगल रिसोर्टमा भएको उक्त छलफलका क्रममा ठोरीका युवा उद्यमी र व्यवसायीहरुले ठोरीमा वाणिज्य बैंक र कृषि विकास बैंकको शाखा विस्तारका लागि पनि गर्भनर पौडेलसँग आग्रह गरे।
त्यस्तै ठोरी गाउँपालिकाका वडाहरुमा मोबाइल बैंकिङ वा शाखारहित बैंकिङ सेवाको व्यवस्था गरिदिन, स्थानीय किसान, उद्यमी र व्यवसायीलाई कृषि ऋण, सहुलियतपूर्ण उद्यमशीलता ऋण, सहकारीमार्फत कर्जा प्रवाह गर्ने व्यवस्था मिलाइ दिन आग्रह गरिएको स्थानीय युवा व्यवसायी सुदीप थापाले जानकारी दिए।
साथै उनीहरूले ठोरीमा होटल र पर्यटन र कृषि–उद्योगमा लगानी गर्न सरल र कम ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाइ दिन आग्रह गरे।







प्रतिक्रिया