दशैं मनाउन प्रचण्ड पुगे सिन्धुपाल्चोक

784
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यो वर्षको दशैं मनाउनको लागि सिन्धुपाल्चोक पुगेका छन्।

राजधानी बाहिर दशैं मनाउने प्रचण्डको चाहना अनुरूप मंगलबार प्रचण्डसहित सपरिवार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-७ सानोसिरुवारीमा रहेको बागमती प्रदेशका पूर्व मन्त्री एवम् प्रदेश सभा सदस्य युवराज दुलालको घरमा पुगेका हुन्।