असोज २६ गते कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने

112
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले असोज २६ गतेका लागि बैठक बोलाएका हुन्।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार असोज २६ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको हो।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए।