नेपालमा कहिले आउँछ ‍आईफोन १७ ?

154
Shares

काठमाडौं । एप्पलले गत भदौ २४ अर्थात सेप्टेम्बर ९ मा आफ्नो नयाँ स्मार्टफोन सिरिज आईफोन १७ सार्वजनिक गरेको छ।

कम्पनीले केहि समय अगाडी नै आईफोन १७, आईफोन १७ प्रो, आईफोन १७ प्रो म्याक्स र आईफोन एयर गरी चार नयाँ मोडल बजारमा ल्याएको हो।

यो नयाँ सिरिजमा नयाँ मोडेल प्रविधि, डिजाइन र प्रदर्शनका दृष्टिले ठूला सुधार गरिएको एप्पलको दाबी छ। नयाँ आईफोन १७ को डिजाइनमा एयर मोडेल अत्यन्तै पातलो र हल्का रुपमा आएको छ। लैभेन्डर, मिष्ट ब्लु, सेज, सेतो र ब्ल्याक गरी पाँच आकर्षक रङमा उपलब्ध हुने जनाइएको छ । सार्वजनिक भएलगत्तै विश्वभरिनै यसको माग बढेको छ ।

यसमा एप्प्लले बेस मोडेलमै १२० हर्ज प्रोमोशन डिस्प्ले थपेको छ । जसले स्क्रोलिङलाई अझ सहज बनाउनेछ। साथै, अल्वेज–अन डिस्प्ले सुविधा पनि सबै मोडेलमा उपलब्ध रहेको एप्पलले आफ्नो वेवसाइडमा उल्लेख गरेको छ ।

त्यस्तै नयाँ ए १९ चिपसेट र एन १ नेटवर्किङ चिप सहित आएको आइफोन १७ ले वाइफाइ ७ र ब्लुटुथ ६ सपोर्ट गर्नेछ। एप्पलले यसलाई अझ छिटो, ऊर्जा दक्ष र स्थिर कनेक्सन दिने दाबी गरेको छ। यसको क्यामेरामा पनि ठूलो सुधार गरिएको छ। यसमा पछाडि ४८ एमपी डुअल फ्युजन क्यामेरा र अगाडि १८ एमपी सेन्टर स्टेज क्यामेरा राखिएको छ। क्यामेरा सेटिङ सजिलै नियन्त्रण गर्नलाई नयाँ क्यामेरा कन्ट्रोल बटनको सिस्टम छ । त्यसैगरी यसको बेस मोडेलको स्टोरेजत नै २५६ जिबीबाट सुरु हुन्छ।

एप्पलले नयाँ सिरिज सार्वजनिक गरेसँगै यसको उच्च मागका भएपछि आफ्ना सप्लायर्सलाई उत्पादन बढाउन आग्रह गरेको उल्लेख गरेको छ । प्रिमियम मोडेल आईफोन १७ प्रो र प्रो म्याक्स भने छिट्टै सफ्टवेयर अपडेट गरि बिक्रीमा आउने छ ।
नेपालमा समेत एप्पल प्रेमीहरुले यसलाई किन्नुपर्ने उत्सुकता देखाएका छन्।

नेपालमा नयाँ मोडल कहिले सार्वजनिक हुन्छ भन्दै मानिसहरु चासो देखाइरहेका छन् ।

यस बिषयमा नेपालका लागि आधिकारिक डिस्ट्रिब्युटर ओलीज स्टोरमा क्लिकमाण्डुले कुराकानी गर्दा यसै हप्ता आईफोनका सबै मोडल नेपाल आईसक्ने बताइएको छ ।

स्रोतका अनुसार नेपालमा बिक्री सुरु हुने मिति र आधिकारिक मूल्य चाँडै नै सार्वजनिक गरिनेछ ।

भारतमा आईफोन १७ को मूल्य यसप्रकार छ :
आईफोन १७ को ८२ हजार ९०० भारु
आईफोन १७ एयर को १ लाख १९ हजार ९०० भारु
आईफोन १७ प्रो को १ लाख ३४ हजार ९०० भारु
आईफोन १७ प्रो म्याक्सको १ लाख ४९ हजार भारु

अमेरिका आईफोनका लागि सबभन्दा सस्तो बजार हो । त्यहाँ आईफोन १७ जम्मा ७९९ डलरमा पाइन्छ भने आईफोन १७ एयरको मूल्य ९९९ डलरबाट सुरु हुन्छ ।

युनाइटेड अरब इमिरेट्समा पनि आईफोनको मूल्य तुलनात्मक रूपमा सस्तो छ । त्यहाँ आईफोन १७ लाई करिब ३३ सय ९९ दिरहाम पर्छ भने आईफोन १७ एयरलाई करिब ४२ सय ९९ दिरहाम पर्छ ।