
काठमाडौं । ऊर्जा जलस्रोत सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास गरी तीनवटा मन्त्रालयको जिम्मेवारी पाएका कुलमा घिसिङले छोटो समयको लागि जिम्मेवारी पाएकोले एक सेकेन्ड पनि खेर नफाली मुलुकको हितमा काम गर्ने बताएका छन् ।
सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दै पदभार ग्रहण गर्दै कुलमानले भने ‘हामीसँग समय छोटो भएको र धेरै काम गर्नुपर्ने भएकोले पनि एक सेकेन्ड पनि खेर नफाली मुलुकको हितका लागि काम गरिने छ ।’
घिसिङले भने ‘जे भत्किएको छ त्यसलाई बनाउने र जे बिग्रिएको छ त्यसलाई मर्मत गर्ने हो । जिम्मेवारी लिने हो भाग्ने होइन् । अब विध्वंस होइन मर्मत गरेर अगाडि बढ्नुपर्छ ।’
उनले भने ‘आन्दोलनका कारण सार्वजनिक तथा निजी क्षेत्रमा ठूलो क्षति पुगेको छ । सार्वजनिक सेवा प्रवाहको चक्रमा असर परेको छ ।’ उनले भनेका छन्, ‘सार्वजनिक संरचनामा भएको क्षतिलाई पुनरनिर्माण गरिने छ ।’
उनले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी हुँदा लिएको अनुभवलाई भरपुर प्रयोग गर्ने पनि बताए । उज्यालो नेपाल अभियालाई सार्थक बनाउन सबैलाई उनले निर्देशन पनि दिए ।
देश आर्थिक र राजनीतिक संकटमा रहेको बेला सबैले साथ दिनुपर्ने भएकोले मुलुकको हितको लागि काम गर्न र सार्थक परिणाम ल्याउने गरी काम गर्न पनि मन्त्री घिसिङले निर्देशन दिए ।










प्रतिक्रिया