
एजेन्सी । भारतको झारखण्डमा रहेको हजारीबाग जिल्लामा सुरक्षाकर्मी र माओवादीहरूबीच सोमवार भएको भिडन्तमा तीन माओवादीको मृत्यु भएको छ ।
गोप्य सूचना पाएर सुरक्षाकर्मीहरू पुगेपछि एकाबिहानै करान्डी गाउँ नजिक भिडन्त भएको थियो ।
भिडन्तमा मारिने माओवादीहरूमध्ये सहदेव सोरेन उर्फ परवेश माओवादीका केन्द्रीय कमिटी सदस्य हुन् र उनको नाममा १ करोड भारुको इनाम तोकिएको थियो । उनीसँगै रघुनाथ हेमब्राम उर्फ चञ्चल र वीरसेन गन्जु उर्फ रामखेलावन पनि मारिएका छन् । उनीहरूको नाममा क्रमशः २५ लाख र १० लाख भारुको इनाम थियो ।
त्यसअघि आइतवार मुखदेव यादव उर्फ तूफान जी पनि सुरक्षाकर्मीसँगको भिडन्तमा मारिएका थिए । उनीमाथि २५ लाख भारुको इनाम थियो । उनले गत सेप्टेम्बर ४ मा पलमास नामक स्थानमा दुईजना सुरक्षाकर्मीको हत्या गरेका थिए ।








प्रतिक्रिया