कृषि तथा पशुपन्छीजन्य उत्पादन आपूर्ति तथा ढुवानी सहज बनाउन अनुरोध

63
Shares


काठमाडौं । कृषि तथा पशुपन्छीजन्य उत्पादन सहज रूपमा आपूर्ति तथा ढुवानीको व्यवस्था मिलाउन सरोकारवाला निकायले सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

कृषि विभाग तथा पशु सेवा विभागले बिज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो ।

मुलुक विषम परिस्थितिबाट गुज्रिरहेका बेला मागअनुसार खाद्यान्नलगायत कृषि तथा पशुपन्छीजन्य पदार्थको आपूर्तिलाई शृङ्खलालाई खल्बलिन नदिनेतर्फ सचेत रहन अनुरोध गर्दै कृषि उद्यमी, कृषि व्यवसायी तथा किसानलाई सहयोग गर्न आग्रह गरिएको छ ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सन्जेलका अनुसार सागसब्जी, बीउबेर्नालगायत उत्पादन आपूर्ति तथा ढुवानीमा समस्या भएको गुनासो आएकाले आपूर्ति शृङ्खलामा असर हुने गतिविधि नगर्न आग्रह गरिएको हो ।

यस्तै पशु सेवा विभागले पनि बिज्ञप्ती जारी गरि दूध तथा दुग्धजन्य पदार्थ, कुखुराजन्य वस्तु, अण्डा, मासुजन्य पदार्थ, माछालगायतको सहज रुपमा ढुवानीको लागि वातावरण बनाइदिन आग्रह गरेको छ ।