
काठमाडौं । जेनजी प्रदर्शनकारीले युलेन्स स्कुलमा तोडफोड तथा आगजनी गरेका छन् ।
मंगलबार देउवा पत्नी आरजुको लगानी रहेको ललितपुरको खुमल्टारकास्थित युलेन्स स्कुलमा प्रदर्शनकारीले आगो लगाएका हुन् ।
युलेन्स एजुकेसन फाउन्डेसनबाट १६ वर्षदेखि ललितपुरको खुमलटारमा सञ्चालित युलेन्स स्कुल स्विस शैक्षिक कार्यक्रम इन्टरनेसनल ब्याकुलेरेटेड (आईबी)ले नेपालमा सञ्चालन गरेको पहिलो स्कुल हो ।
जसमा मंगलबार प्रदर्शनकारीले आगजानी गरेका हुन् । भ्रष्टाचार र बेथिती विरुद्ध असन्तुष्ट जेन–जीको सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो ।यसपछि, मंगलबार पनि देशभर प्रदर्शन भइरहेको छ ।








प्रतिक्रिया