
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा शुक्रबार नेपाली ठूलो गोलभेडा ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै भारतीय ठूलो गोलभेडा ८०, लोकल सानो गोलभेडा ६०, टनेलको सानो गोलभेडा ७०, आलु रातो ५३, भारतीय रातो आलु २७, मुढे रातो आलु ४५, सेतो आलु ३८, प्याज सुकेको ३८, लोकल गाजर १२०, तराई गाजर १००, लोकल बन्दा ५०, काउली स्थानीय ८०, रातो मूला ५०, हाइब्रीड सेतो मूला ४०, भन्टा लाम्चो २५, भन्टा डल्लो ४५, तने बोडी १००, मकै बोडी ८० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
त्यसैगरी लोकल घिउ सिमी १००, हाइब्रीड घिउ सिमी ९०, टाटे सिमी ९५, भटमास कोसा १००, तीतो करेला ६५, परबर लोकल ५५, परबर तराई ५५, चिचिण्डो ३५, घिरौँला ६५, झिगुनी ५५, फर्सी पाकेको ५५, फर्सी हरियो लाम्चो ४०, हरियो फर्सी डल्लो ५०, सलगम १००, भिण्डी ५० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै पिँडालु ८०, स्कूस २०, रायोसाग १४०, पालुङ्गो साग १४०, तोरीको साग ९०, हरियो प्याज ७०, कन्ये च्याउ १९०, डल्ले च्याउ ३८०, राजा च्याउ ३००, सिताके च्याउ १००० र कुरिलो ५०० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
ब्रोकाउली प्रतिकिलो २८०, सजीवन २२०, रातो बन्दा २३०, जिरीको साग १३०, सेलरी ३००, पार्सले १०००, सौफको साग २५०, पुदिना ८००, तामा प्रतिकिलो ११०, तोफु १२० र गुन्द्रुक ३०० रुपैयाँमा बिक्री भएको छ ।







प्रतिक्रिया