यी हुन् दूरसञ्चार प्राधिकरणले बन्द गर्न निर्देशन दिएका २६ सामाजिक सञ्जाल

483
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकलाई पत्र पठाउँदै ती प्लेटफर्म तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भदौ १९ गते बसेको मन्त्रीस्तरीय बैठकले नेपालभित्र सूचीकरण नगरिएका सामाजिक सञ्जाललाई रोक्ने निर्णय गरेको थियो । यही निर्णयलाई कार्यान्वयन गर्न प्राधिकरणले निर्देशन जारी गरेको हो ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने उद्देश्यसहित २०८० सालमा निर्देशिका ल्याइएको थियो ।

त्यसैका आधारमा सूचीकरण नगरेका सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालमा निष्क्रिय बनाउन प्राधिकरणले यस्तो निर्देशन जारी गरेको हो ।