
काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।
साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.१७ अंकले घटेर २७४९.८३ बिन्दुमा सीमित भएको छ ।
गत साताको बिहीबार पनि नेप्से ३८.१० अंकले घटेर २७८१ बिन्दुमा रोकिएको थियो । आइतबार नेप्सेमा कुल ६ अर्ब ६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार भने नेप्सेमा ७ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आइतबार कारोबारमा आएकामध्ये २१ कम्पनीको सेयर मूल्य बढ्दा २२८ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ ।








प्रतिक्रिया