
काठमाडौं । केबलकार अब राष्ट्रिय प्राथमिकताका आयोजना हुने भएको छ । सरकारले निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने निर्णय गरेको छ ।
भदौ ९ गते बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको मान्यता दिने विषयमा नेपाल राजपत्रमा प्रकाशन गर्ने भएको छ ।
सरकारले औद्योगिक क्षेत्र र पाइपलाइनसम्मलाई पनि प्राथमिकता दिने निर्णय गरेको छ । नेपाल सरकारबाट घोषणा भएका विभिन्न २० वटा औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र,सुक्खा बन्दरगाह तथा पेट्रोलियम पाइपलाइनलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने निर्णय गरेको हो ।








प्रतिक्रिया