५६ अंकले बढ्दै नेप्से २८२२ बिन्दुमा, साढे ७ अर्बको कारोबार

119
Shares

काठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि आएको छ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.६९ अंक अर्थात् २.०४ प्रतिशतले बढेर २८२२.७८ बिन्दुमा पुगेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार नेप्से ४.८३ अंकले र सोमबार २१.३० अंकले बढेको थियो ।

बुधबार नेप्सेमा कुल ७ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार भने नेप्सेमा ४ अर्ब ९ करोडको कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएकामध्ये २३२ कम्पनीको सेयर मूल्य बढ्दा १९ कम्पनीको घटेको छ ।

बुधबार विकास हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.३६ प्रतिशतले बढेको छ ।

बुधबार बैंकिङ समूहको सेयर मूल्य १.५१ प्रतिशतले, विकास बैंक समूहको ३.५९ प्रतिशतले, फाइनान्स समूहको २.१५ प्रतिशतले र होटल तथा पर्यटन समूहको सेयर मूल्य १.७१ प्रतिशतले बढेको छ ।

यस्तै, जलविद्युत् समूहको सेयर मूल्य २ प्रतिशत, लगानी समूहको २.३८ प्रतिशत, जीवन बिमा समूहको २.३९ प्रतिशत, उत्पादन समूहको २.७४ प्रतिशत, लघुवित्त समूहको १.२५ प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य १.७२ प्रतिशतले बढेको छ ।