सुनको मूल्य बढ्यो, आज कतिमा भइरहेको छ कारोबार ?

189
Shares

काठमाडौँ । बजारमा मंगलबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदी १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार एक तोला सुनको मूल्य १ लाख ९९ हजार रुपैयाँ निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी २ हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

हिजो मंगलबार एक तोला सुन एक लाख ९८ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ३६० रुपैयाँमा क्रयविक्रय भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, आज प्रतिऔँस सुन तीन हजार ३७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।