
काठमाडौं । गौतमबुद्ध र पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान संचालन गर्न उच्चस्तरीय नेताले चासो देखाएका छन् । यी दुई विमानस्थलमा उडान गर्न मन्त्री तथा नेता र उच्त तहका पदाधिकारीले नै चासाे देखाएको भएपनि यसकाे लागि उपयुक्त कार्यान्वयन तालिकाविना नै नियमित उडानको छलफल भएको छ । सरकारले एक वर्ष अगाडि नै बनाएको कार्ययाेजनाको कार्यान्वयन गर्ने विषयमा गहन छलफल बिना नियमित उडान हुन नसक्ने उल्लेख छ ।
भैरहवा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी छलफल भएको छ तर कसरी नियमित गर्ने, कुन वायुसेवाले गर्ने, कहिलेदेखि गर्ने भन्ने विषयमा छलफल हुन सकेन् ।
अर्थ मन्त्रालयमा भएको छलफलमा दुवै विमानस्थलमा दिगो रुपमा अन्तर्राष्ट्रिय उडान गर्नेसम्बन्धी कार्ययोजनामा छलफल भएको भनिकएको छ । तर एक वर्ष अगाडिकै कार्ययोजनाको कार्यान्वयनमा भने उपयुक्त निर्णय नै भएन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भारबहनलाई व्यवस्थापन, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडानका लागि सम्भावित थप उपायहरु पहिचान गरी अघि बढ्नेबारे छलफल भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, मुख्य सचिव एकनारायण अर्याल, सचिवहरु तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायतको सहभागिता थियो ।








प्रतिक्रिया