३ दिनको गिरावटपछि नेप्सेमा दोहोरो अंकको सुधार, ५ अर्ब ७५ करोडको कारोबार


काठमाडौं । लगातारको तीन दिनको गिरावटपछि सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।

साताको कारोबार दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.२२ अंकले बढेर २७६३.१८ बिन्दुमा बन्द भएको छ ।

अघिल्लो कारोबार दिन आइतबार भने नेप्से १८.०२ अंकले घटेर २७३९.९५ बिन्दुमा रोकिएको थियो । यसअघिका दुई कारोबार दिन पनि नेप्से घटेको थियो ।

सोमबार नेप्सेमा कुल ५ अर्ब ६६ करोडको कारोबार भएको छ । अघिल्लो दिन आइतबार भने नेप्सेमा कुल ६ अर्ब ४३ करोडको कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएकामध्ये १७९ कम्पनीको सेयर मूल्य बढ्दा ७१ कम्पनीको घटेको छ ।

सोमबार नारायणी विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दा विकास हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।