करदाताको संख्या ७० लाख पुग्यो, एकै वर्ष थपिए पौने ८ लाख


काठमाडौं । नेपालमा करदाताको संख्या ७० लाख पुगेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार नेपालमा गत असार मसान्तसम्ममा ६९ लाख ९९ हजार ३५० करदाता छन् । यी करदातामध्ये २० लाख ६० हजार ७५८ करदाता बिजनेस प्यानका छन भने ४९ लाख २ हजार ७२२ व्यक्तिगत करदाता रहेको तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार ३५ हजार ८७० डब्लु प्यानका छन् । भुक्तानीमा करकट्टी गर्ने निकायको लिने यस्तो डब्लु प्यान अर्थात स्थायी लेखा नम्बर गत आर्थिक वर्ष २ हजार ५४२ ले थप भएको छ ।

व्यक्तिगत करदातामध्ये गत वर्ष ६ लाख ५४ हजार १८ थप भएको छ । अघिल्लो वर्ष व्यक्तिगत करदाताको संख्या ४२ लाख ४८ हजार ७०४ रहेको थियो । गत वर्ष नै २ लाख ८ हजार ४३० विजनेश करदाता थपिएका छन् । अघिल्लो वर्ष २०८०÷८१ मा यस्ता करदाता १९ लाख ४४ हजार १०१ रहेको थियो ।

तथ्यांक अनुसार हालसम्म भ्याटमा दर्ता भएका करदाता ३ लाख ५१ ह्जार र अन्तशुल्कका करदाता १ लाख २५ हजार रहेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा सरकारले विभिन्न करदातामार्फत १२ खर्ब ८४ अर्ब रुपैयाँ रहेको छ ।

गत वर्ष भन्सारबाट ३ खर्ब ७ अर्ब, मूल्य अभिवृद्धि करबाट ३ खर्ब ८६ अर्ब, अन्तशुल्क १ खर्ब ९४ अर्ब, शिक्षा सेवा शुल्क ४ अर्ब गरी कुल कर राजस्व १२ खर्ब ८४ अर्ब रुपैयाँ संकलन गरेको छ ।

सरकारले गत वर्ष संकलन गरेको जम्मा १४ अर्ब १९ अर्ब रुपैयाँको राजस्वमा १ खर्ब ३५ अ र्ब रुपैयाँ गैरकर राजस्व संकलन भएको थियो ।