
काठमाडौं । एनआईसी एशिया बैंकले १०६ व्यक्ति तथा संस्थाले धितोमा राखेको चल अचल सम्पत्ति लिलाम मार्फत बिक्री गर्ने भएको छ । बैंकले बुधबार एक सूचना प्रकाशित गर्दै धितोमा राखेको चल अचल सम्पत्ती लिलाम मार्फत बिक्रीकालागि बोलपत्र आह्वान गरेको छ ।
ऋणीले लगेको कर्जा बैंकसँगको सम्झौता बमोजिम नतिरेपछि पटक पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि भुक्तान गर्ने तर्फ कुनै चासो नदेखाएको भन्दै बैंकले कर्जा असुल गर्न धितोमा राखेको सम्पत्ति कानुनको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागेको हो ।
उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको ७ दिनभित्र बोलपत्र फारम भरी बैंकको केन्द्रीय कार्यालय कर्जा असुली विभाग त्रिपुरेश्वर काठमाडौंमा आवेदन पेश गर्न सकिने बैंकले सूचनामा उल्लेख छ ।
बैंकले साँवा रकम नतिर्ने ऋणीहरुको नामावली सहित धितोको विवरण सूचनामा प्रकाशित गरेको छ । जहाँ १०६ ऋणीहरुको विवरण सार्वजनिक गरिएको छ ।












प्रतिक्रिया