
काठमाडौं । मन्जुश्री फाइनान्सले गत आर्थिक वर्षमा ३१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३९.९७ प्रतिशतले बढेको छ ।
फाइनान्सले अघिल्लो आर्थिक वर्षमा २२ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानीसँगै सञ्चालन आम्दानीमा वृद्धि हुँदा संस्थाको खुद नाफा बढेको हो ।
गत आवमा संस्थाको खुद ब्याज आम्दानी ८७ करोड ३२ लाख रुपैयाँ छ । यो अघिल्लो वर्षको तुलनामा १६.५१ प्रतिशतले बढेको हो । साथै, संस्थाको सञ्चालन मुनाफा ४८.५० प्रतिशतले बढेर ५१ करोड ८० लाख रुपैयाँ पुगेको छ । यस अवधिमा संस्थाको वितरण योग्य मुनाफा ३५ करोड ४५ लाख रुपैयाँ रहेको छ ।
संस्थाको निक्षेप २५.८९ प्रतिशतले बढेर २२ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । कुल कर्जा १९.६५ प्रतिशतले बढेर १८ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको मन्जुश्रीको रिटेन्ड अर्निङ ३५ करोड ४५ लाख रुपैयाँ र जगेडा कोषमा समेत ७३ करोड ८२ लाख रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिमा संस्थाको खराब कर्जा ३.२२ प्रतिशतबाट घटेर ३.११ प्रतिशत पुगेको छ । नाफासँगै संस्थाको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा संस्थाको यस्तो आम्दानी ६ रुपैयाँ ६४ पैसाले बढेर २३ रुपैयाँ २६ पैसा पुगेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ८५ पैसा रहेको छ ।
असार मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात २६.७९ गुणा छ । १ अर्ब ३५ करोड १६ लाख रुपैयाँ चुक्तापुँजी रहेको फाइनान्सको लाभांश क्षमता २६ प्रतिशतभन्दा माथि छ ।







प्रतिक्रिया