नेपालको बाटो भएर भारत पस्न खोज्ने चिनियाँ नागरिक पक्राउ

308
Shares

एजेन्सी । नेपालको सुनौली सीमाबाट भारतमा प्रवेश गर्न खोजेका एक चिनियाँ नागरिकलाई भारतको सशस्त्र सीमा बलले पक्राउ गरेको हिन्दुस्तान टाइम्सले समाचार प्रकाशन गरेको छ ।

चाङ योङ नामक ६१ वर्षीय ती चिनियाँ नागरिक वैध कागजातविना नै भारत प्रवेश गर्न खोजेको भारतीय अधिकृतहरूको भनाइ छ । आइतवार साँझ नियमित चेकिङका दौरान उनलाई पक्राउ गरिएको भारतको सुनौली प्रहरी चौकीका अधिकृत अजीत प्रताप सिंहले हिन्दुस्तान टाइम्सलाई बताए ।

ती व्यक्तिसँग चिनियाँ राहदानी थियो तर त्यसमा भारतको भिसा लागेको थिएन र अन्य वैध कागजात पनि थिएन ।

चाङलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताइएको छ ।

उनी कुनै आपराधिक गतिविधिमा संलग्न थिए कि थिएनन् भनी प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध मुद्दा पनि दायर गरिएको छ ।