
काठमाडौं । करिब ६ वर्षदेखि अटो शोमा सहभागि नभएको मित्सुबिसी हाल जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सहभागि छ ।
नेपालका लागि मित्सुबिसी गाडीको आधिकारिक वितरक लियोन मोटर्स ६ वर्ष अघि अर्थात् २०१९ को नाडा अटो शोमा सहभागि थियो । सो समयदेखि एक्स्पोमा सहभागि नभएको मित्सुबिसी नाइमा एक्स्पोमार्फत् अटो प्रदर्शनीमा फर्किएको हो ।
बुधबारबाट नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)को आयोजनामा सुरु भएको अटो एक्स्पोमा २ करोड १४ लाख रुपैयाँसम्मको गाडी प्रदर्शनमा छ ।
भिक्टोरी मोटर्स नेपाल प्रालिले २ करोड १४ लाख मूल्यको मित्सुबिशीको पजेरो स्पोर्ट गाडी प्रदर्शनीमा राखेको हो ।
यस गाडीमा २.४ लिटर मिभेस टर्बो डिजेल इन्जिन रहेको छ, जसले ४३० एनएम टर्क उत्पादन गर्दछ । ६८ लिटरको इन्धन ट्यांकी रहेको यो गाडीमा सुपर सेलेक्ट आईआई ४डब्लुडी ड्राइब प्रणाली छ ।

७ जनासम्म बस्न मिल्ने यस गाडीमा ८ इन्चको टचस्क्रीन डिस्प्ले छ । ग्राउण्ड क्लियरेन्स २१५ मिमि, ४एच र ४एचएलसी अफरोड मोडहरु यस गाडीमा छन् ।
एक्स्पोमा मित्सुबिसीले आफ्नो पजेरो स्पोर्टसहित एक्लिप्स क्रस र आउटल्यान्डर गाडीहरू राखेको छ ।












प्रतिक्रिया