नीउले सार्वजनिक गर्यो विद्युतीय मोटरसाइकल र स्कुटर

273
Shares

काठमाडौं । विश्वभर स्मार्ट इलेक्ट्रिक मोबिलिटीको अगुवा ब्राण्ड नीउले नाइमा नेपाल मोवीलिटी एक्सपो २०२५ मा दुई नयाँ भेरियन्टको विद्युतीय मोटरसाइकल र स्कुटर सार्वजनिक गरेको छ ।

नीउले एफक्युआई ३०० र आरक्युआई नामको दुई बिद्युतीय मोटरसाइकल सार्वजनिक गरेको हो ।

उत्कृष्ट प्रविधि र आधुनिक डिजाइनका साथ नीउले नेपालको भौगोलिक सडकमा उपयुक्त हुने गरी दुई भेरियन्टको मोटरसाइकल सार्वजनिक गरेको हो ।

सन् २०१४ मा स्थापना भएको नीउ टेक्नोलोजीले ५० भन्दा बढी देशहरूमा ३० लाखभन्दा बढी युनिट बेचिसकेको छ । यो कम्पनीले मुख्य दिगो, बौद्धिक र डिजाइनमैत्री इलेक्ट्रिक सवारीसाधनको माध्यमबाट शहरी यातायातको क्षेत्रमा क्रान्ति ल्याउने लक्ष्य राखेको छ ।

नेपालमा नीउ सन् २०१७ देखि ईभी दुई पाँग्रे सवारी क्षेत्रमा आफ्नो हिस्सा ओगट्दै आएको छ । आफ्नो उत्पादनबाट हजारौं ग्राहकहरू सन्तुष्ट भएका कारण बजार हिस्सा बढ्दै गएको कम्पनीको भनाइ छ ।
विद्यार्थी, पेशागत समूह, डेलिभरी सेवा र शहरी युवामाझ नीउ ब्राण्डको मोटरसाइकल निक्कै लोकप्रिय बनेको कम्पनीको भनाइ छ ।
एफक्युआई ३०० : शहर यात्राका लागि शक्तिशाली र प्रिमियम डिजाइन
नीउले नयाँ स्कुटर नीउ एफक्युआई ३०० सार्वजनिक गरेको छ । दैनिक रुपमा सहज यात्रा गर्नेहरुका लागि यो स्कुटर अत्यन्तै उपयुक्त रहेको कम्पनीको भनाई छ ।

यो स्कुटरको उच्चतम गति ९९ किलोमिटर प्रति घण्टा छ भने यसले १५० किलोमिटरसम्म प्रतिघण्टामा दूरी पार गर्न सक्छ । यसमा ७२ भोल्टको डुअल लिथियम आयन ब्याट्री जडान गरिएको छ ।

यसमा नीउ स्मार्ट एपतर्फ जीपीएस, क्लाउड, कनेक्टिभिटी, डाइग्नोस्टिक्स, बोल्ड लेड म्याट्रिक्स बत्ती, स्पोर्टी डिजाइनलगायतका सुविधा उपलब्ध छन् ।

आरक्युआई : इलेक्ट्रिक प्रदर्शनको नौलो आयाम
नीउले आफ्नो प्रमुख मोडेल आरक्युआई मोटरसाइकलको पनि सुरुआतको घोषणा गरेको छ । यो मोटरसाइकलको उच्चतम गति १६० किलोमिटर प्रतिघण्टा छ ।

यो मोटरसाइकलले एक घण्टामा १८० किलोमिटरभन्दा बढी दूरी पार गर्न सक्छ ।
यसमा डुअल ब्याट्री र फास्ट चार्जिङको सुविधाका साथै स्मार्ट कनेक्टिीभिटी एआई, जिपिएस, एण्टी थेफ्टलगायतको सुविधा उपलब्ध गराइएको छ ।