नाइमा एक्स्पोमा २ करोड १६ लाखको ट्यांक–५००, यस्ता छन् फिचर

406
Shares

काठमाडौं । बुधबारबाट सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५ मा २ करोड १६ लाख रुपैयाँ मूल्यको ट्यांक–५०० प्रदर्शनमा छ ।

नेपाली बजारमा ग्रेटवाल मोटर्स (जीडब्लुएम)को बिगसाइज एसयूभी एक्स्पोमा रहेका महँगा गाडी मध्येमा पर्दछ । नेपालका लागि जीडब्लुएमको आधिकारिक बिक्रेता भिजी इम्पेक्सले ट्यांक–५०० गाडी नाइमा एक्स्पोमा प्रदर्शनमा राखेको हो ।

ट्यांक–५०० गाडीमा ७ सिटको अप्सन, क्लाइमेट कन्ट्रोल, प्यासेन्जर सिट्स, १२.३ १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्टल क्लस्टर, १४.६ इन्चको सेन्टर इन्फोटेन्मेन्ट, इन्टेलिजेन्स ककपिट विथ वायरलेस चार्जिङ, भेन्टिलिटेड मसाज सिट्स रहेको छ ।

यस्तै, यस गाडीमा ३६० क्यामेरा, ६–ओम्नी–डिरेक्स्नल एयरब्याग्स, अटो पार्किङ प्रणाली, ट्राफिक सिग्नल रिकोनाइजेसन, लेन–किपिङ एसिस्ट प्लस ब्लाइन्ड स्पट डिटेक्सन फिचर पनि गाडीमा उपलब्ध छ ।

यो गाडीमा उत्कृष्ट अफरोड क्षमता रहेको छ भने २२४ एमएमको ग्राउण्ड क्लियरेन्स छ । यस गाडीको लम्बाई ५०७८ एमएम, चौडाइ १९३४, उचाई १९०५ एमएम छ । गाडीमा २८५० एमएमको ह्वीलबेस छ भने ७५ लिटरको फ्युल ट्यांक छ ।

डब्ल्यूएमको ट्याङक ५०० मा २.० लिटरको टर्बो पेट्रोल इन्जिन तथा ९ स्पीडको हाइड्रोलिक अटोमेटिक गियरबक्स छ । हाइब्रिड पावरट्रेनका लागि यो एसयूभीमा इलेक्ट्रीक मोटर र १.७५ किलोवाट अवारको ब्याट्री छ ।

यी दुवै मोटरको कम्बाइन पावर ३४६ हर्सपावर र ६१५ न्यूटन मिटरको टर्क छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)को आयोजनामा भइरहेको एक्स्पोमा यस गाडीतर्फ पनि मानिस झुम्मिएको देखिन्छ ।