
काठमाडौं । सामसङ नेपालले आफ्नो ग्राहकहरूका लागि नयाँ ग्यालेक्सी स्मार्टफोनहरू खरिद गर्दा लागू हुने आफ्नो विशेष अफर सार्वजनिक गरेको छ । सीमित अवधिको लागि उपलब्ध यो अफर अन्तर्गत, ग्राहकहरूले चुनित ग्यालेक्सी वाच८ सिरिज र बड्स३ लाइनअप जस्ता ग्यालेक्सी वेरेबलहरु खरिद गर्दा विशेष छुट पाउनेछन् ।
सामसङको नयाँ फ्ल्यागशिप, ए-सिरिज वा एम-सिरिजका स्मार्टफोनहरू खरिद गर्दा, चुनित ग्यालेक्सी वाच र बड्समा विशेष ३२% सम्मको छुट प्राप्त गर्न सकिनेछ । यो मल्टी-बाइ अफरले ग्राहकलाई आफ्नो प्रिमियम ग्यालेक्सी इकोसिस्टम निर्माण गर्ने अवसर दिन्छ । ग्यालेक्सी वाच८ क्लासिक वा बड्स३ प्रोजस्ता स्मार्ट कम्प्यानियनहरू जोडेर तपाईंको अनुभवलाई अझ स्मार्ट र शक्तिशाली बनाउनुहोस् ।
यदी कोही स्वास्थ्य निगरानी, सहज कनेक्टिविटी, वा उत्कृष्ट अडियो अनुभव खोज्दै छ भने यी ग्यालेक्सी वाच र बड्सहरूमा समावेश एआई फिचरहरूले तपाईंको स्मार्टफोनलाई थप उपयोगी बनाउँछन् । फिटनेस, संगीत, कार्यक्षमता र अरु धेरै कुरामा यी आदर्श पार्टनर बन्न सक्छन् ।
यो विशेष मल्टी-बाइ अफर लिनका लागि केही सजिला स्टेपहरू पुरा गर्नुपर्नेछ ।
यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध छ र नेपालभरका अधिकांश सामसङ अधिकृत स्टोरहरूमा मान्य छ । साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले ०% ब्याजदरमा सहज इएमआई योजनाबाट नयाँ डिभाइसहरू प्राप्त गर्न सक्नेछन् । प्रक्रिया निकै सरल छ—केवल ग्राहकको नागरिकता प्रमाणपत्र भए पुग्छ ।
उपलब्धता
| स्मार्टफोन | वेरेबल | स्मार्टफोन | वेरेबल |
| ग्यालेक्सी जेड फोल्ड६ | वाच ८ क्लासिक वाच ८ वाच ७ वाच ६ क्लासिक वाच ६ बड्स३ प्रो बड्स३ | ग्यालेक्सी ए५६ | वाच ८ वाच ७ वाच ६ वाच एफइ बड्स३ बड्स कोर |
| ग्यालेक्सी जेड फ्लिप६ | ग्यालेक्सी ए३६ | ||
| ग्यालेक्सी एस२५ अल्ट्रा | ग्यालेक्सी ए२६ | ||
| ग्यालेक्सी एस२५+++++++++ | ग्यालेक्सी ए१६ | ||
| ग्यालेक्सी एस२५ | ग्यालेक्सी एम३६ | ||
| ग्यालेक्सी एस२४ अल्ट्रा २५६ जीबी | ग्यालेक्सी एम१६ | ||
| ग्यालेक्सी एस२४एफइ |
| मोडल | एम आर पी (रु) | अफर मूल्य (रु) | छुट (%) |
| वाच ८ क्लासिक | ७४,९९९ | ५९,९९९ | २०% |
| वाच ६ क्लासिक | ६४,९९९ | ५१.९९९ | २०% |
| वाच ८ ४४ एमएम | ५९,९९९ | ४९,९९९ | १७% |
| वाच ८ ४० एमएम | ५४,९९९ | ४४,९९९ | १८% |
| वाच ७ ४४ एमएम | ४९,९९९ | ३९,९९९ | २०% |
| वाच ७ ४० एमएम | ४४,९९९ | ३५,९९९ | २०% |
| वाच ६ | ४४,९९९ | ३५,९९९ | २०% |
| वाच एफइ | ३५,९९९ | २८,२९९ | २०% |
| बड्स३ प्रो | ३१,९९९ | २५,४९९ | २०% |
| बड्स३ | २२,९९९ | १८,४९९ | २०% |
| बड्स कोर | ७,३९९ | ४,९९९ | ३२% |







प्रतिक्रिया