याडियाका ६ स्कुटर प्रदर्शनमा, कुन कस्तो?

182
Shares

काठमाडौं । बुधबारबाट सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा याडियाका फरक फरक मोडेलका ६ वटा स्कुटर प्रदर्शनीमा राखिएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको एक्स्पोमा नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपालले साउन २१ गतेबाट सुरु भएको एक्स्पोमा इ८एस प्रो, कुल जोय, किक युपी डस्टर भेलक्स सिरिज स्कुटरहरु प्रर्दशनीमा राखेको हो ।

कुजु नेपालले प्रर्दशनमा राखेको याडियाको इलेक्ट्रिक प्रिमियम स्कुटर ई८ एस प्रोमा इलेक्ट्रिक स्कुटरमा उच्च क्षमताको ग्राफिन ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा १५० किलोमिटर सम्मको रेन्ज दिन्छ भने यसको टप स्पिड ६० किलोमिटर प्रतिघण्टा रहेको छ । ३००० वाटको मोटर पावर रहेको यो स्कुटरको मुल्य १ लाख ८५ हजार रहेको छ ।

त्यस्तै याडियाको कूल जोए स्कुटर पनि प्रर्दशनीमा राखिएको छ । ६० किलोमिटरसम्मको रेन्ज दिने यो स्कुटरको मूल्य ९९ हजार रुपैयाँ रहेको छ । टप स्पिड २५ किलोमिटर प्रतिघण्टा रहेको यो स्कुटरको मोटर पावर ३५० वाट छ ।

त्यस्तै एक्स्पोमा भिलेक्स सिरिज अन्तर्गत तीन फरक मोडेलहरू सार्वजनिक गरिएका छन् । जुन भेलक्स एच, भेलक्स सुपर फस्ट चार्जिङ र भेलक्स यु रहेका छन् । भेलक्स यु मोडेलले ४९०० वाटको मोटर र डुअल लिथियम–आयन ब्याट्रीसहित १४० किमी सम्म रेञ्ज दिन्छ र ८० किमी प्रतिघण्टाको गतिको क्षमता राख्दछ ।

यसको मुल्य ४ लाख ५० हजाार रहेको । त्यस्तै भेलक्स सुपर फस्ट चार्जिङले पतिघण्टा ६२ किलोमिटर सम्मको यात्रा तय गर्छ । यो मोडलले ३२०० किलोवाट मोटर र ७६ ब्याट्रीमार्फत् २० मिनेटमै ८० प्रतिशत चार्ज भएर ११० किमी यात्रा गर्न सक्छ। भेलक्स एच मोडेलले १०० किमीको रेञ्ज दिन्छ जसको टप स्पिड ६२ किलोमिटर प्रतिघण्टा रहेको छ । यसको मूल्य २ लाख ८५ हजार तोकिएको छ ।

Skip This