
काठमाडौं । बीवाईडीको नयाँ ह्याचब्याक कार एटो-वान सार्वजनिक भएको छ। नेपालका लागि बीवाईडीको आधिकारिक बितरक साइमेक्स इंक प्रालिले बीवाईडीको नयाँ ह्याचब्याक कार एटो-वान दुई भेरियन्टमा सार्वजनिक गरेको हो ।
विभिन्न देशहरुमा फरक नामबाट बिक्री हुँदै आएको एटो–वान नाइमा नेपाल मोबिलिटी एक्स्पोबाट बिक्री सुरु भएको हो।
चीनमा सिगल, युरोपमा सर्फ जस्ता नामले बिक्री हुँदै आएको ह्याचब्याक कार नेपालमा भने एटो-वान नामबाट उपलब्ध भएको हो ।
एटो-वान स्ट्यान्डर्ड रेन्ज डाइनामिक र लङ रेन्ज प्रिमियम गरी दुई भेरियन्टमा आएको छ । डाइनामिक भेरियन्टको मूल्य २८ लाख ९५ हजार रुपैयाँ र प्रिमियमको ३२ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।
कम्पनीले स्ट्यान्डर्ड रेन्ज भनेको डाइनामिक भेरियन्टमा ३०.०८ किलोवाट अवार र लङ रेन्ज प्रिमियम भेरियन्टमा ३८.८८ किलोवाट अवारको ब्याट्री प्याक दिएको छ । यी दुई भेरियन्टको रेन्ज क्रमशः २३० र ३०० किलोमिटरको हुने एनइडीसीले प्रमाणित गरेको छ ।
एसी र डिसी दुबै चार्जर सपोर्ट गर्ने ह्याचब्याक कारको रुपमा यसको बिक्री सुरु भएको हो ।
इन्ट्री लेबल ह्याचब्याक साइजको यो कार नेपाली बजारमा धेरै समयदेखि प्रतीक्षा गरिएको मोडल हो । एट्टो वानको लम्बाइ ३७८० एमएम, चौडाइ १७१५ एमएम, उचाइ १५८० एमएम र ह्वीलबेस २५०० एमएम रहेको छ ।







प्रतिक्रिया