
काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पोमा म्याक्सस मिफा सभेन ईभी लन्च भएको छ । म्याक्ससको यो एमभीपी कार सार्वजनिक गरिएको हो ।
चाइनाको एसएआईसी मोटर ग्रुपअन्तर्गतको म्याक्सस ब्रान्डको यो गाडी अत्यन्त सुविधायुक्त प्रिमियम गाडीमा गनिन्छ । केही समयअघि म्याक्सस ब्रान्डकै इटेरोन नाइन विद्युतीय लक्जरी फोरह्विल ड्राइभ पिकअप समेत नेपालको मनाङ जिल्लामा लगेर लन्च गरिएको थियो ।
सात सिट क्षमताको मिफा सभेनलाई म्याक्ससको नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले भित्र्याएको हो । हिमालयन मोट्रक्स हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हो जुन अर्गनाइजेसन विगत ३० वर्षदेखि नै नेपालमा विभिन्न ब्राण्डका सवारी साधनहरू आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ ।
मिफा सेभेन नेपालमा प्रिमियम कार चढ्नेहरूको लागि अत्यन्त उपयुक्त हुने कम्पनीको दाबी छ । नाइमा मोबिलिटी एक्सपो भरी मिफा सेभेन बुक गर्ने ग्राहकलाई १० लाख रुपैयाँ र इटेरोन नाइन पिकअप बुक गर्नेलाई ५ लाख रूपैयाँ नगद छुट लगायत अन्य विशेष अफर रहेको छ । कम्पनीका प्रबन्ध निर्देशक सौरव थापाले बताए । ७ सिटर मिफा ७ को मूल्य १ करोड २५ लाख रुपैयाँ र इटेरोन नाइन डबल क्याब इलेक्ट्रिक पिकअपको मूल्य १ करोड ९ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ ।
९० किलोवाट आवर ब्याट्री क्षमता रहेको मिफा सेभेनले डीसी फास्ट चार्जर सर्पोट गर्नेछ । ३० मिनेटमा नै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने भनिएको यस मल्टी-प्रपोज भेहिकलमा इलेक्ट्रिक स्लाइडिङ ढोका, एईबी, ब्लाइन्ड स्पट मोनिटरिङ, ३६० डिग्री क्यामेरा, लेन-कीप असिस्ट, स्वचालित इमर्जेन्सी ब्रेकिङ, अडप्टिभ क्रुज कन्ट्रोल जस्ता सुरक्षा फिचर्सका साथै यो गाडीले युरो एनक्याप, सीएनक्याप, एएनक्यापमा ५ स्टार रेटिङ पाएको छ। यस गाडीको ९० किलोवाट आवरको उच्च क्षमताको ब्याट्रीले ६३५ किमी सम्मको उच्चतम दूरी तय गर्ने क्षमता राख्दछ ।
प्रिमियम डुयल १२.३ इन्च डिजिटल डिस्प्लेका साथै एड्भान्स्ड मल्टिमिडिया सिस्टम, ठूलो साइजको प्यानोरामिक सनरूफ, हाई-परफर्मेन्स १८० किलोवाट इलेक्ट्रिक मोटरले ३५० एनएम टर्क पैदा गर्दछ । कारमा मसाज सिट समेत यस गाडीको विशेषता रहेको छ ।
८ वर्ष वा दुई लाख किमी ब्याट्रीमा तथा ५ वर्ष वा १ लाख किमी मोटर वारेन्टी भएको म्याक्सस मिफा सेभेन इलेक्ट्रिक नयाँ मानक स्थापित गर्दै विश्वस्तरीय डिजाइन, हाइ-टेक फिचरहरूका साथ असाधारण सुविधाहरूको संयोजन गरेर परिवार र व्यवसायिक यात्राको लागि अद्वितीय अनुभव प्रदान गर्ने दाबी कम्पनीको रहेको छ ।
थापाका अनुसार यो एक सवारी साधन मात्र होइन, प्रिमियम लाइफस्टाइल स्टेटमेन्ट पनि हो ।







प्रतिक्रिया