लन्च भयो जेइको जेफाइभ, नाइमामा किन्दा ४ लाख छुट

791
Shares

काठमाडौं । चेरी अटोमोबाइल ग्रुपको न्यू इनर्जी ब्राण्ड ओमोडा/जेकोले नयाँ एसयूभी नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि ओमोडा/जेकोको आधिकारीक बिक्रेता एपीजी अटोमोबाइलले आज देखि सुरु भएको नाइमा मोविलिटी एक्स्पोमा सार्वजनिक गरी बिक्री सुरु गरेको हो ।

कम्पनीले यसको मूल्य नाइमा मोबिलिटी एक्स्पो अवधिभरको लागि ५६ लाख ९९ हजार रुपैयाँ रहेको छ । नाइमा पछि यसको मूल्य ६० लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

जेको जे–फाइभमा ६०.९ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ। उक्त ब्याट्रीले सिंगल चार्जमा ४६१ किलोमिटर हाराहारी रेन्ज दिने कम्पनीको दाबी छ । कम्पनीले यसलाई १५५ किलोवाट पीकपावर क्षमता भएको मोटरमा ल्याएको छ ।

निकै स्मार्ट डिजाइनमा उपलब्ध जे–फाइभको लम्बाइ ४३८० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६५० एमएम छ । यसमा दिइएको २६२० एमएम लामो ह्वीलवेस दिइएको छ । यसको ग्राउन्ड क्लियरेन्स १८५ एमएम रहेको छ ।

मिनिमल डिजाइनमा तयार भएको इन्टेरियर, ड्यासबोर्डमा केही बटम सहितको १३.२ इन्चको ठूलो पोट्र्रेट टचस्क्रिन पाउन सकिन्छ । दुई कलरमा सजिएको लेदर सिटको प्रयोगले निकै आलिसान लाग्ने क्याविन बनेको छ । १.४५ वर्ग मिटर ठूलो प्यानोरोमिक ग्लास रूफले अलग ‘फिल’ दिन्छ । यसमा इन्डिपेन्डेन्ट सस्पेन्सन सेटअप दिएको छ । जसको कारण खराब बाटाहरुमा पनि सहज र आरामदायी ड्राइभिङ अनुभव पाउन सकिन् छ।

यसमा सामान राख्न ४८० लिटरको बुट स्पेस दिइएको छ । जुन पछाडिको सिट फोल्ड गर्दा ११८० लिटरसम्म विस्तार गर्न सकिन्छ ।

सुरक्षाको लागि एडास लेभल टु फिचर उपलब्ध जे–फाइभमा एडाप्टिभ क्रूज कन्ट्रोल, अटोमेटीक इमेर्जेनसी ब्रेकिङ जस्ता फिचर छन् । इन्टेलिजेन्ट क्लाइमेट कन्ट्रोल, रिमोट कन्ट्रोल फंक्शन र इन्टरनेट मार्फत सफ्टवेयर अपडेट उपलब्ध हुनेछ । जे–फाइभमा सोनीले बनाएको साउन्ड सिस्टम र इन–कार माइक सुविधा पनि उपलब्ध छ ।