
काठमाडौं । जगदम्बा मोटर्सले ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा प्रोटोन इमास ७ कारको प्रदर्शनी गरिरहेको छ । प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले एक्स्पोमा सहभागी भएर नेपालको दिगो र विद्युतीय यातायाततर्फको यात्रा प्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ ।
कम्पनीले नयाँ प्रविधियुक्त प्रोटोन इमास ७ मा विशेष अफरहरू ल्याएको छ, साथै देशभर १२ वटा शोरूम र सेवा केन्द्र विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ । अहिले ३ वटा शोरूममार्फत सेवा दिँदै आएको छ ।
यसै वर्ष मलेसियाबाट नेपाल ल्याइएको इमास ७, मलेसियामा आफ्नो सेग्मेन्टमा नम्बर १ ईभी बनेको कार हो । जगदम्बा मोटर्सले २०१८ देखि नेपालमा प्रोटोन गाडीको वितरण गर्दै आएको छ र कम्पनीसँग १४ वर्षभन्दा बढीको अनुभव छ ।
शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले ईभी (इलेक्ट्रिक भेइकल) क्षेत्रको सेवा राम्रो बनाउन विभिन्न योजना अघि सारेको छ। यसमा प्रामाणिक स्पेयर पार्ट्स, आधुनिक उपकरण, तालिमप्राप्त प्राविधिक, सहज वारन्टी प्रक्रिया र चार्जिङ स्टेशनजस्ता सुविधाहरू छन् ।
नाइमा एक्स्पोमा घोषणा गरिएका विशेष अफरहरू:
– ०% ब्याजदरमा ४ वर्षको फाइनान्सिङ, ऋण ६० मिनेटमै स्वीकृत
– ब्याट्रीमा ८ वर्षको अनलिमिटेड माइलेज वारेन्टी
– २.९९ लाख रुपैयाँको नगद छुट
– पुरानो गाडी साट्दा उत्कृष्ट मूल्यांकन
– निःशुल्क अटो प्लस बीमा
– रोडसाइड सहायता सेवा र ह्वाट्सएप ग्राहक सेवा
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले प्रोटोन इमास ७ को आगमन र सेवा विस्तारले विद्युतीय सवारीलाई नेपाली ग्राहकका लागि अझ सुलभ र भरपर्दो बनाउने बताए ।
ग्राहकलाई प्रोटोन इमास ७ प्रत्यक्ष हेर्न ‘स्टल एल ५ – हल बी’ मा आउन निमन्त्रणा गरिएको छ ।







प्रतिक्रिया