
काठमाडौं । नाडा अटोमोबाइल्स अफ एसोसिएसन नेपाल (नाडा) अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२५ प्रविधि, संस्कृति र अटोमोबाइलको नवीन संयोजन हुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चौधरीले यस्तो बताएका हुन् ।
‘नेपालले मोबिलिटीमा यति छिटो परिवर्तन गर्छ भन्ने सोचेको कसैले पनि थिएन । तर, हामीले यसमा ठूलो फड्को मारेका छौं,’ अध्यक्ष चौधरीले भने, ‘यही कुरालाई मध्यनजर गर्दै यस वर्षको नाडा अटो शोमा प्रविधि, संस्कृती र अटोमोबाइलको नवीन ढंगमा प्रदर्शन हुनेछ ।´

उनले नाडाबाट आफूले अटो क्षेत्रको वास्तविक ओजन देखाउन चाहेको वताए । यस वर्ष मोबिलिटी अटो के हो र आगामी भविष्य कस्तो बनाउने भन्ने विषयलाई देख्न पाइने उनले बताए । विगतका तुलनामा यस वर्षको नाडा अटो शोमा आमूल परिवर्तन र प्रविधिकको प्रयोग देख्न पाइने बताए ।







प्रतिक्रिया