एनसेलका सीईओ‌ जाब्बोरले दिए राजीनामा, इनामुल कबिरले पाए निमित्तको जिम्मेवारी

651
Shares

काठमाडाैं । नेपालको निजी क्षेत्रको अग्रणी मोबाइल सेवाप्रदायक एनसेलका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले राजीनामा दिएका छन् ।

उनले पारिवारिक कारण देखाउँदै एनसेलबाट विदा लिएपछि एनसेल सञ्चालक समितिले प्रमुख वित्तीय अधिकृत (सीएफओ) सेद एमडी इनामुल कबिरलाई निमित्त सीईओको जिम्मेवारी दिएको छ ।

जाब्बोरले राजीनामा दिएपछि एनसेलले वेबसाइटबाट उनको नाम हटाइएर निमित्त सीईओ इनामुलको नाम राखेको छ । जाब्बोर एनसेल आजियाटामा २०८० साल वैशाख २६ गते सीईओ एवं प्रबन्ध निर्देशकको रूपमा नियुक्त भएका थिए ।