यस्तो हुनेछ नाइमा मोबिलिटी एक्स्पोको स्टल संरचना

7
Shares

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) आफ्नो पहिलो अटो शो ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’को तयारीमा जुटिरहेको छ । विगतको तुलनामा निकै व्यवस्थित एक्स्पो हुने दाबी गर्दै आएको नाइमाले आफ्नो स्टलको संरचनासमेत बाहिर ल्याइसकेको छ ।

नाइमाले यहि, साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा एक्स्पो गर्नेछ । उक्त एक्स्पोमा ३५ वटा नयाँ सवारीसाधन लन्च हुने जानकारी नाइमाले दिएको छ ।

पार्किङ सुविधा, पठाओसँगको राइड पार्टनर, स्टलको आकार र व्यवस्थापन सबै हिसाबमा यो एक्स्पो निकै व्यवस्थित र सहज किसिमको हुने दाबी नाइमाले गर्दै आएको छ ।

एक्स्पोमा राइड पार्टनर पठाओले भृकुटीमण्डप गन्तव्य भएका राइडहरूमा ३० प्रतिशतसम्म छुट प्रदान गर्नेछ भने मेडिकल पार्टनर फ्रन्टलाइन हस्पिटलले प्रदर्शनी स्थलमा चौबीसै घण्टा एम्बुलेन्स व्यवस्थापनसहित आकस्मिक तथा सामान्य स्वास्थ्य सेवा प्रदान गर्ने जानकारी पनि नाइमाले गराइसकेको छ ।

यस्तो हुने छ नाइमा मोबिलिटी एन्स्पोको स्टलः