नाइमा मोबिलिटी एक्स्पोमा एथरको ‘रिज्टा’ लन्च हुने, ३ लाख ८३ हजार रूपैयाँमा यस्ता पाइन्छन् फिचर

329
Shares

काठमाडौं । साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा फ्यामिली स्कुटर एथर ‘रिज्टा’ लन्च हुने भएको छ ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)को आयोजनामा हुने अटो एक्स्पोमा एथरको नेपालका लागि आधिकारिक वितरक वैद्य इनर्जीले नयाँ स्कुटर एथर रिज्टा सार्वजनिक गर्न लागेको हो ।

भारतीय बजारमा यसअघि नै लन्च भएको यस विद्युतीय स्कुटर फ्यामली इलेक्ट्रिक स्कुटरको रुपमा विकास गरिएको छ ।

यस स्कूटरमा ठूलो फराकिलो फ्ल्याट सिट, ५६ लिटरको अन्डर सिट स्टोरेज, स्कीड कन्ट्रोल, टो एण्ड थेप अलर्ट, एमर्जेन्सी स्टप सिग्नल, अनबोर्ड गुगल म्याप नेभिगेसन, लाइभ लोकेसन सेयरिङ सिस्टम पाउन सकिन्छ ।

रिज्टा स्कुटर ३.७ किलोवाट आवर क्षमताको दुई ब्याट्री अप्सन उपलब्ध छ । ३.३ रेटेड मोटर पावर रहेको स्कुटरले १६० किलोमिटरसम्मको रेन्ज दिने बताइएको छ ।

यसमा रिभर्स मोड, हिल होल्ड असिस्ट, टीएफटी स्क्रीन, डिस्क ब्रेक जस्ता फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ । स्कुटरको मूल्य ३ लाख ८३ हजार रूपैयाँ तय गरिएको छ ।