भारतले खोल्यो चिनियाँ नागरिकलाई पर्यटक भिसा, सम्बन्ध सुध्रिँदै

273
Shares

एजेन्सी । भारतले चिनियाँ नागरिकहरूका लागि पर्यटक भिसा पुनः खोलिएको बुधवार घोषणा गरेको छ ।

सन् २०२० मा गलवानमा भारतीय र चिनियाँ सैनिकहरूबीच हिंस्रक भिडन्त भएपछि चिसिएको सम्बन्धलाई सामान्य बनाउने प्रयास भइरहेको छ र भिसा खुलाउने पहल त्यसै अन्तर्गत भएको हो ।

बेइजिङमा रहेको भारतीय दूतावासले सामाजिक सञ्जालमा यसको घोषणा गरेको हो ।

दुई महिनाअघि मात्र भारत र चीनले कैलाश मानसरोवर यात्राका लागि भारतीय नागरिकलाई अनुमति दिने सम्झौता गरेका थिए ।

बिहीवारदेखि चिनियाँ नागरिकले भारत भ्रमणका लागि पर्यटक भिसाको आवेदन भर्न पाउने बेइजिङस्थित भारतीय दूतावासले वीच्याटमा पोस्ट गरेको छ । बेइजिङ, शाङ्हाई र क्वाङ्चाउमा रहेका भारतीय कूटनीतिक केन्द्रहरूमा कागजात बुझाउनका लागि समय बूक गर्न भारतीय दूतावासले आग्रह गरेको छ ।

दुई देशबीचको सम्बन्धलाई सामान्य बनाउनका लागि विभिन्न प्रयासहरू भइरहेका छन् । भारतका विदेशमन्त्री एस जयशंकरले हालै आफ्ना चिनियाँ समकक्षी वाङ यी र चीनका राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गरेका थिए । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प िवाङ यीसँग भेटघाट गरेका छन् ।