साउन १६ लाई राष्ट्रिय कोदो दिवस मनाउने सरकारको निर्णय

56
Shares

काठमाडौं । सरकारले आगामी साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

असार २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले साउन १६ गतेलाई वार्षिक क्यालेन्डरमा समावेश गरी राष्ट्रिय कोदो दिवसको रुपमा मनाउने निर्णय गरेको हो ।

परम्परागत खाद्य उत्पादन कोदोले बढी मात्रामा खाद्य तथा पोषण सुरक्षामा योगदान गर्छ। यसलाई सुपर फुडको नामले पनि चिनिन्छ । यसमा प्रोटिन र खनिज पर्याप्त परिमाणमा पाइन्छ।कोदोबाट ढिंडो, रोटी, रक्सी र पशु आहारमा प्रयोग हुन्छ।

अहिले होटेल तथा रेस्टुराँ व्यवसायीहरूले कोदोलाई मःमः, पिजा, हलुवालगायतका परिकार बनाउने गरेका छन्। क्याल्सियम र फस्फोरस पाइने भएकोले गर्भवतीका लागि यो निक्कै लाभदायक मानिन्छ ।

मधुमेह रोगीका लागि उपयोगी हुनुका साथै कोदोको इन्जाइमको रसले छालाबाट रौं हटाउन मदत गर्छ। मधुमेह, रक्तचाप, युरिक एसिड, दम, रुघाखोकी, शरीर दुख्ने, कब्जियत, पेट दुख्ने र झाडापखालाका लागि उपयोगी मात्रै होइन बोसो र कोलेस्टोरोलको मात्रा घटाउन यसले सहयोग गर्छ ।