
एजेन्सी । चिनियाँ जनमुक्ति सेनाले स्वचालित राइफल बोकेका चारखुट्टे रोबोटसँग मिलेर युद्ध अभ्यास गरेको चीनको सरकारी मिडिया सीसीटीभी–७ ले समाचार दिएको छ ।
रुस सीमा नजिक पहाडी क्षेत्रमा चिनियाँ सेनाको ७६औं ग्रुप आर्मीले लाइभर फायर अभ्यास गरेको हो ।
सीसीटीभी–७ ले सार्वजनिक गरेको भिडियो फूटेजमा यान्त्रिक कुकुर जस्ता देखिने रोबोटहरूलाई पैदल सेनाको कारवाहीमा जोडिएको र कठिन भूभागमा अभ्यास गरेको देखिन्छ ।
चीनले युद्धमा रोबोटिक हतियारहरू उपयोग गर्ने सन्देश यसमार्फत दिन खोजेको हो ।
कठिन भूभागमा मानव सैनिकहरूले उच्च जोखिम मोल्नुपर्ने हुनाले रोबोटहरूलाई फायर कभर गर्ने जिम्मेवारी दिएको देखिन्छ ।
यी रोबोटहरूले जुनसुकै बाधालाई पनि चिर्ने, टाढा रहेका मानव अपरेटरहरूसँग सञ्चार गर्ने र नजिकैबाट शत्रुलाई तारो बनाउने काम गर्न सक्छन् । भिडियोमा सैनिकहरू अघि बढ्दै गर्दा रोबोट कुकुरहरू अगाडि बढेर शत्रुहरूसँग गोली हानाहान गरेको देखिन्छ ।
रोबोट कुकुरहरूलाई खोजी तथा निगरानी, शत्रुलाई ठाउँको ठाउँ आक्रमण र शहरी क्षेत्रमा हुने भिडन्तमा उपयोग गरिनेछ । यी कुकुरहरूसँगै साना ट्याक्टिकल ड्रोनहरूको पनि परीक्षण गरिएको थियो । ती ड्रोनले आकाशबाट निगरानी गर्ने र जमिनमा रहेका सैनिकहरूलाई सूचना दिने काम गर्छन् ।
चिनियाँ जनमुक्ति सेनाले युद्ध रणनीतिमा परिवर्तन गरी रोबोटलाई बढी उपयोग गर्न थालेको रक्षा विश्लेषकहरू बताउँछन् ।
अमेरिका र रुसले पनि युद्धमा स्वचालित र अर्धस्वचालित हतियार प्रणालीहरूको उपयोग गर्न थालेका छन् ।
China army training with FPV drones and robotic dogs in live-fire drills
— RT (@RT_com) July 15, 2025
China's four-legged robotic dogs armed with assault rifles, per CCTV-7 pic.twitter.com/qVOtfr9c4Y










प्रतिक्रिया