
आज बिक्रम संवत् २०८२ साल असार २६ गते, बिहीबार । अङ्ग्रेजी क्यालेन्डर अनुसार सन् २०२५ जुलाई १० तारिख, शक संवत् १९४७, नेपाल संवत् ११४५ दिल्लाथ्व, संवत्सर सिद्धार्थी, सूर्य उत्तरायण, ऋतु ग्रीष्म। आज आषाढ शुक्लपक्षको पूर्णिमा तिथि दिउँसो १:५७ बजेसम्म, त्यसपछि प्रतिपदा लाग्नेछ। नक्षत्र मूल बिहान ५:२३ बजेसम्म, त्यसपछि पूर्वाषाढा। योग ऐन्द्र राति ११:०४ बजेसम्म, त्यसपछि वैधृति। करण भद्रा दिउँसो १:४० बजेसम्म, त्यसपछि वव, राति १:५७ पछि वालव। आज चन्द्रमा धनु राशिमा रहनुहुन्छ। आनन्दादि योग अनुसार आजको योग धुम्र रहेको छ। दिनमान १३ घण्टा ४४ मिनेटको, आज सूर्योदय बिहान ५:१७ मा र सूर्यास्त बेलुका ७:०१ मा हुनेछ।
दिन विशेष:
आजको दिन गुरु-पूर्णिमा पर्व विशेष श्रद्धा, भक्ति र सम्मानसहित मनाइन्छ। गुरुका चरणमा समर्पण गर्ने दिन, जीवनका मार्गदर्शकप्रति कृतज्ञता प्रकट गर्ने अवसर हो। व्यास जयन्ती पनि आजकै दिन परेको छ, जसमा महर्षि वेदव्यासको पूजा गरिन्छ। दक्षिणामूर्ति पूजा, मानस व्रतको प्रारम्भ, भक्तपुरमा वीरनदी स्नान तथा नेपालमण्डलमा ‘दिल्लापुन्हि’ पर्व पनि आजैका दिनमा मनाइन्छ। दिउँसो १:४० बजेसम्म भद्रा योग रहने भएकाले अत्यावश्यक कार्यहरू बिहान सम्पन्न गर्नु लाभदायक हुनेछ।
आजको दिन आत्मशुद्धि, गुरु-भक्ति र अध्यात्मको मार्गमा एक कदम अघि बढ्नका लागि शुभ, पवित्र र पुण्यमय रहोस्।
मेष
आज नयाँ लगानी गर्ने अवसरहरू प्राप्त हुने देखिन्छ। व्यापार, सूचना प्रविधि र कृषि क्षेत्रमा लगानी गर्नु उपयुक्त रहनेछ। सट्टेबाजी, रियल स्टेट र अस्थिर कारोबारमा लगानी नगर्नु राम्रो हुनेछ। सेयर बजारमा सावधानी अपनाउनु पर्ने देखिन्छ। पारिवारिक प्रेम र जीवनसाथीसँगको सम्बन्धमा सुधार आउनेछ। सन्तानको पढाइ र स्वास्थ्य सामान्य रहनेछ। स्वास्थ्यमा अलि चिसोपनको समस्या देखिन सक्छ। देवता: श्रीराम। मन्त्र: “ॐ रामाय नमः”। शुभ रङ: रातो। अशुभ रङ: कालो। शुभ दिशा: पूर्व। अशुभ दिशा: पश्चिम। शुभ अंक: ३। अशुभ अंक: ०८।
वृष
आर्थिक पक्षमा मजबुती आउने देखिन्छ। व्यापार, सेवा र बैंकिङ क्षेत्रमा लगानी गर्नु राम्रो हुनेछ। सुनचाँदी, सट्टेबाजी र महँगा वस्तुमा लगानी नगर्नु उपयुक्त रहनेछ। सेयर खरिद गर्दा सतर्कता अपनाउनु पर्नेछ। प्रेम जीवन सहज रहनेछ। सन्तानसँग रमाइलो समय बित्नेछ। स्वास्थ्यमा घाँटी र पेटसम्बन्धी सानो समस्या देखिन सक्छ। देवता: लक्ष्मी। मन्त्र: “ॐ श्रीं महालक्ष्म्यै नमः”। शुभ रङ: हरियो। अशुभ रङ: खैरो। शुभ दिशा: उत्तर। अशुभ दिशा: दक्षिण। शुभ अंक: ५। अशुभ अंक: ७।
मिथुन
आर्थिक सुधारको राम्रो संकेत देखिन्छ। सूचना प्रविधि, शिक्षा र लेखन क्षेत्रमा लगानी गर्नु फाइदाजनक हुनेछ। सहकारी, सट्टेबाजी र नयाँ अस्थिर योजनामा लगानी नगर्नु राम्रो हुनेछ। सेयर बजारमा मध्यम सफलता मिल्नेछ। पारिवारिक सम्बन्धमा सामञ्जस्य रहनेछ। सन्तानको प्रगतिमा सन्तोष मिल्नेछ। स्वास्थ्यमा टाउको दुख्ने समस्या देखिन सक्छ। देवता: गणेश। मन्त्र: “ॐ गं गणपतये नमः”। शुभ रङ: पहेँलो। अशुभ रङ: निलो। शुभ दिशा: पश्चिम। अशुभ दिशा: पूर्व। शुभ अंक: २। अशुभ अंक: ९।
कर्कट
व्यवसाय र आर्थिक पक्षमा सुधार आउने देखिन्छ। कृषि, सेवा र घरेलु उत्पादनमा लगानी गर्नु उचित हुनेछ। विदेश यात्रा र सट्टेबाजीकृत क्षेत्रमा लगानी नगर्नु राम्रो हुनेछ। सेयर खरिदमा सोचविचार गर्नुपर्ने देखिन्छ। प्रेम सम्बन्धमा प्रगति हुनेछ। सन्तानसँग सम्बन्ध सुदृढ रहनेछ। स्वास्थ्यमा टनसिल र चिसोको समस्या देखिन सक्छ। देवता: चन्द्र। मन्त्र: “ॐ सोमाय नमः”। शुभ रङ: सेतो। अशुभ रङ: कालो। शुभ दिशा: उत्तर। अशुभ दिशा: दक्षिण। शुभ अंक: ०४। अशुभ अंक: ०७।
सिंह
आर्थिक लाभका राम्रो सम्भावना देखिन्छ। शिक्षा, सञ्चार र पर्यटन क्षेत्रमा लगानी गर्नु फाइदाजनक हुनेछ। सट्टेबाजी र जोखिमपूर्ण योजना टार्नु राम्रो हुनेछ। सेयर बजारमा राम्रो नतिजा आउनेछ। पारिवारिक सम्बन्धमा आनन्दको वातावरण रहनेछ। सन्तानको पढाइ र स्वास्थ्यमा सुधार आउनेछ। स्वास्थ्यमा सानो तनाव र थकाइ देखिन सक्छ। देवता: सूर्य। मन्त्र: “ॐ घृणिः सूर्याय नमः”। शुभ रङ: सुन्तलै। अशुभ रङ: खैरो। शुभ दिशा: पूर्व। अशुभ दिशा: पश्चिम। शुभ अंक: १। अशुभ अंक: ६।
कन्या
व्यापार र वित्तीय क्षेत्रमा फाइदा देखिन्छ। खाद्य व्यवसाय, औषधि र शिक्षामा लगानी गर्नु राम्रो हुनेछ। सेयर बजारमा हतार नगर्नु उचित हुनेछ। प्रेम जीवनमा सन्तुलन आवश्यक देखिन्छ। सन्तानको प्रगतिमा खुशी प्राप्त हुनेछ। स्वास्थ्यमा जोर्नी दुख्ने सम्भावना देखिन्छ। देवता: दुर्गा। मन्त्र: “ॐ दुर्गायै नमः”। शुभ रङ: गुलाबी। अशुभ रङ: निलो। शुभ दिशा: उत्तर। अशुभ दिशा: दक्षिण। शुभ अंक: ६। अशुभ अंक: २।
तुला
आर्थिक गतिविधिमा सुधार देखिन्छ। कला, सौन्दर्य प्रसाधन र परामर्श सेवामा लगानी गर्नु उपयुक्त हुनेछ। सहकारी र सट्टेबाजी क्षेत्रबाट टाढा रहनु उचित हुनेछ। सेयर बजारमा सोचविचारपूर्वक अघि बढ्नु पर्नेछ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ। सन्तानको शिक्षामा सुधार आउनेछ। स्वास्थ्यमा मांसपेशी सम्बन्धी समस्या देखिन सक्छ। देवता: राधा-कृष्ण। मन्त्र: “ॐ क्लीं कृष्णाय गोविन्दाय नमः”। शुभ रङ: निलो। अशुभ रङ: रातो। शुभ दिशा: पश्चिम। अशुभ दिशा: पूर्व। शुभ अंक: ५। अशुभ अंक: ९।
वृश्चिक
व्यवसाय र लगानीका लागि शुभ संकेत देखिन्छ। सुरक्षासम्बन्धी कारोबार, अनुसन्धान र औद्योगिक क्षेत्रमा लगानी गर्नु राम्रो हुनेछ। सट्टेबाजीकृत वा शंकास्पद क्षेत्रमा लगानी नगर्नु उचित हुनेछ। सेयर बजारमा मध्यम लाभ हुने देखिन्छ। प्रेम जीवनमा सामान्य चञ्चलता देखिन सक्छ। सन्तानसँग सन्तोषजनक सम्बन्ध रहनेछ। स्वास्थ्यमा रगत चापसम्बन्धी समस्या देखिन सक्छ। देवता: कालभैरव। मन्त्र: “ॐ कालभैरवाय नमः”। शुभ रङ: कालो। अशुभ रङ: सेतो। शुभ दिशा: दक्षिण। अशुभ दिशा: उत्तर। शुभ अंक: ७। अशुभ अंक: ९।
धनु
आर्थिक क्षेत्रमा बिस्तार आउनेछ। उच्च शिक्षा, धार्मिक र परोपकारी क्षेत्रमा लगानी गर्नु लाभदायक हुनेछ। सट्टेबाजी र जोखिमपूर्ण यात्रामा लगानी नगर्नु राम्रो हुनेछ। सेयर बजारमा दीर्घकालीन सोच राख्नु उपयुक्त हुनेछ। प्रेम जीवनमा सन्तुलन आवश्यक हुनेछ। सन्तानसँग सन्तोष मिल्नेछ। स्वास्थ्यमा स्नायु सम्बन्धी समस्या देखिन सक्छ। देवता: विष्णु। मन्त्र: “ॐ नमो भगवते वासुदेवाय”। शुभ रङ: पहेँलो। अशुभ रङ: हरियो। शुभ दिशा: पूर्व। अशुभ दिशा: पश्चिम। शुभ अंक: ९। अशुभ अंक:४।
मकर
व्यापार र पेशागत क्षेत्रमा फाइदा देखिन्छ। निर्माण, खानी र धातु उद्योगमा लगानी गर्नु उपयुक्त हुनेछ। नयाँ सट्टेबाजी वा अनलाइन कारोबारमा लगानी नगर्नु राम्रो हुनेछ। सेयर बजारमा धैर्य आवश्यक देखिन्छ। प्रेम जीवनमा सन्तुलन आवश्यक देखिन्छ। सन्तानको स्वास्थ्यमा सुधार देखिनेछ। स्वास्थ्यमा हड्डीसम्बन्धी समस्या देखिन सक्छ। देवता: शनिदेव। मन्त्र: “ॐ शं शनैश्चराय नमः”। शुभ रङ: निलो। अशुभ रङ: सेतो। शुभ दिशा: पश्चिम। अशुभ दिशा: उत्तर। शुभ अंक: ८। अशुभ अंक: २।
कुम्भ
आर्थिक क्षेत्रमा उत्साहजनक सुधार देखिन्छ। प्रविधि, आविष्कार र अनुसन्धान क्षेत्रमा लगानी गर्नु उचित हुनेछ। सट्टेबाजी र अनिश्चित योजना टार्नु राम्रो हुनेछ। सेयर बजारमा सोचविचार गरेर अघि बढ्नु पर्नेछ। प्रेम सम्बन्धमा गहिराइ बढ्नेछ। सन्तानको पढाइमा प्रगति हुनेछ। स्वास्थ्यमा रुघाखोकी जस्ता समस्या देखिन सक्छ। देवता: शिव। मन्त्र: “ॐ नमः शिवाय”। शुभ रङ: खैरो। अशुभ रङ: रातो। शुभ दिशा: उत्तर। अशुभ दिशा: दक्षिण। शुभ अंक: ४। अशुभ अंक: ७।
मीन
धन वृद्धि र आम्दानीमा सुधार देखिन्छ। जलसम्बन्धी व्यापार, आयुर्वेद र सेवा क्षेत्रमा लगानी गर्नु राम्रो हुनेछ। सट्टेबाजी र जोखिमपूर्ण यात्राबाट टाढा रहनु राम्रो हुनेछ। सेयर बजारमा सहज नाफा मिल्नेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। सन्तान पक्षमा सन्तोष मिल्नेछ। स्वास्थ्यमा मानसिक चिन्ता देखिन सक्छ। देवता: विष्णु। मन्त्र: “ॐ विष्णवे नमः”। शुभ रङ: सेतो। अशुभ रङ: कालो। शुभ दिशा: पूर्व। अशुभ दिशा: पश्चिम। शुभ अंक:१। अशुभ अंक: ८।







प्रतिक्रिया