
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका तीनवटा आणविक केन्द्र नतान्ज, फोर्दो र इशफाहानमा अमेरिकाको हवाई आक्रमण सफल भएको दाबी गरेसँगै पश्चिम एसियाको तनाव थप चर्किने जोखिम बढेको छ ।
इरानलाई आणविक बम बनाउन नदिनका लागि भन्दै विगत १० दिनदेखि इजरायलले इरानमाथि हवाई आक्रमण गरेको थियो र यसमा अमेरिकाको पनि साथ खोजेको थियो ।
अमेरिकीहरूले यस युद्धमा आफूहरू प्रत्यक्ष सहभागी नहुने भनी बयान दिइरहेका थिए । राष्ट्रपति ट्रम्पले पनि इरानमाथि आक्रमण गर्ने कि नगर्ने भन्ने विषयमा दुई हप्ताको समय दिइएको बताएका थिए।
तर, ट्रम्पले दिएको भाखाको तीन दिन पनि नबित्दै अमेरिकाले आइतवार बिहान इरानका आणविक केन्द्रहरूमा आक्रमण गरिदियो । अमेरिकाले बी–२ बमवर्षक विमानहरूबाट ६ वटा जीबीयू–५७ म्यासिभ ओर्डनेन्स पेनिट्रेटर प्रहार गरेको थियो । १३ हजार किलोको यो बमले १८ मिटरसम्मको पक्की संरचना र ६१ मिटरसम्मको माटोलाई छेड्न सक्छ ।
इरानी सञ्चारमाध्यमहरूले यस आक्रमणबाट आणविक केन्द्रहरूमा सामान्य क्षति मात्र पुगेको खबर दिएका छन् ।
आइआरआईबी च्यानलले अमेरिकी आक्रमणबाट फोर्दो आणविक केन्द्रको प्रवेशद्वार र बाहिर निस्कने ढोकामा मात्र क्षति पुगेको जनाएको छ ।
इरानी सांसद मोहम्मद मनन रईसीले उक्त आणविक केन्द्रबाट मानिसहरूलाई पहिल्यै सुरक्षित स्थानतर्फ सारिसकेकाले मानवीय क्षति हुन नपाएको बताए । ट्रम्पले फोर्दोलाई नष्ट गरेको दाबी गरेको भए पनि आंशिक क्षति मात्र भएको र आणविक विकिरणहरू फैलिन नपाएको उनको भनाइ छ ।
ट्रम्पको यो आक्रमण अमेरिकाको शक्तिप्रदर्शनको प्रयास मात्र भएको देखिन्छ । इजरायली आक्रमणका कारण इरानलाई वार्ताका लागि बाध्य बनाउन सकिने सोच ट्रम्पको थियो तर उल्टै इरानले इजरायलमाथि प्रत्याक्रमण गरेर उसका शहरहरूमा विनाश मच्चाएपछि निराश बनेका ट्रम्पले अमेरिकी शक्तिको प्रदर्शन गरेका हुन्
सामाजिक सञ्जालहरूमा देखिएका भिडियोमा अमेरिकी आक्रमणका कारण विस्फोटका आवाज र दृश्य देखिएको भए पनि आणविक केन्द्रहरूमा व्यापक क्षति भएको जस्तो देखिँदैन । इरानी अधिकारीहरूले यस आक्रमणबाट पनि आफूहरूलाई लक्ष्यबाट विचलित नगर्ने बताएका छन् ।
त्यसैले ट्रम्पको यो आक्रमण अमेरिकाको शक्तिप्रदर्शनको प्रयास मात्र भएको देखिन्छ । इजरायली आक्रमणका कारण इरानलाई वार्ताका लागि बाध्य बनाउन सकिने सोच ट्रम्पको थियो तर उल्टै इरानले इजरायलमाथि प्रत्याक्रमण गरेर उसका शहरहरूमा विनाश मच्चाएपछि निराश बनेका ट्रम्पले अमेरिकी शक्तिको प्रदर्शन गरेका हुन् ।
बम प्रहारपछि ट्रम्पले अमेरिकी जनतालाई गरेको सम्बोधनमा यो प्रहार शान्तिका लागि भएको भनी हास्यास्पद तर्क गरेका छन् । यी आक्रमणहरूलाई उनले उल्लेख्य फौजी सफलताका रूपमा चित्रित गर्दै इरानका प्रमुख आणविक संवर्धन केन्द्रहरू पूर्णरूपमा ध्वस्त भएको फुर्ती गरे । पश्चिम एसियामा दादागिरी गरिरहेको इरानले शान्ति कायम गर्नुपर्ने र त्यसो नगर्दा उसमाथि थप भीषण आक्रमण गरिने पनि ट्रम्पको भनाइ थियो ।
तर, इरानी अधिकारीहरूले आफ्नो सार्वभौमसत्तामाथिको आक्रमण सह्य नहुने र अब अमेरिकाका सैन्य अड्डाहरू आफ्नो तारोमा रहने चेतावनी दिएका छन् ।
अमेरिकाले पश्चिम एसियाका मुलुकहरू बहराइन, इजिप्ट, इराक, जोर्डन, कुवेत, कतार, साउदी अरब र संयुक्त अरब अमिरात (यूएई) लगायतमा सैन्य अड्डाहरू राखेको छ । बहराइनको मिना सलमानमा रहेको अमेरिकी जलसेनाको फिफ्थ फ्लीट हेडक्वार्टरलाई इरानले तारो बनाउन सक्ने बीबीसीले लेखेको छ ।
अमेरिकी आक्रमणका कारण पश्चिम एसियाको तनाव थप चर्किने देखिएको छ र त्यो अन्त्यहीन द्वन्द्वमा अमेरिका पनि जोडिन सम्भावना छ । ट्रम्पले अमेरिकालाई विदेशी युद्धहरूमा संलग्न नगराउने र संसारको प्रहरी पनि नबन्ने भनी अमेरिकी जनतालाई आश्वासन दिँदै चुनाव जितेको भए पनि अहिले त्यस वाचालाई तोडेका छन्
त्यसका अलावा पर्सियाली खाडीलाई हिन्द महासागरसँग जोड्ने होर्मुज जलमार्गलाई इरानले निशाना बनाउन सक्छ । त्यो मार्ग भएर संसारभरि पेट्रोलियम पदार्थको ३० प्रतिशत ढुवानी हुने गरेको छ । त्यसलाई इरानले बन्द गर्दा विश्वको अर्थ व्यवस्था डामाडोल हुन्छ । अमेरिकालाई सहयोग गरिरहेका मुलुकहरूको सैन्य ठेगानामा इरानले आक्रमण गरेछ भने यो युद्ध सम्पूर्ण पश्चिम एसियामा फैलिने खतरा पनि रहेको छ ।
यसरी अमेरिकी आक्रमणका कारण पश्चिम एसियाको तनाव थप चर्किने देखिएको छ र त्यो अन्त्यहीन द्वन्द्वमा अमेरिका पनि जोडिन सम्भावना छ । ट्रम्पले अमेरिकालाई विदेशी युद्धहरूमा संलग्न नगराउने र संसारको प्रहरी पनि नबन्ने भनी अमेरिकी जनतालाई आश्वासन दिँदै चुनाव जितेको भए पनि अहिले त्यस वाचालाई तोडेका छन् । अमेरिकाको शक्तिशाली इजरायली खेमा र ट्रम्पको रिपब्लिकन पार्टीका कतिपय युद्धसमर्थकहरूको दबाबलाई ट्रम्पले खप्न नसकेको देखिन्छ ।
उता, ट्रम्पप्रति बफादार मेक अमेरिका ग्रेट अगेन (मागा) अभियन्ताहरूले अमेरिकालाई पश्चिम एसियाको कहिल्यै नटुंगिने युद्धमा होम्न लागेको भन्दै आलोचना गरेका छन् । स्टिभ ब्यानन, टकर कार्लसन, मार्जरी टेलर ग्रीन लगायतका मागा अभियन्ताहरूले इजरायलका लागि अमेरिकाले कुनै पनि युद्धमा सहभागी हुनु गलत भएको बयान दिएका छन् ।
तर, ज्याक पोसोबिएक, चार्ली कर्क लगायतका अन्य कतिपय मागा अभियन्ताले अमेरिकी सैनिकहरूलाई इरानी भूमिमा पु¥याएर मृत्युको जोखिम नतेर्स्याएको र सुरक्षित रूपमा हवाई आक्रमण मात्र गरेको भन्दै ट्रम्पको प्रशंसा पनि गरेका छन् । तर, इरानले यसको जवाफ फर्काएमा अमेरिकाले उसका विरुद्ध स्थलयुद्ध पनि गर्नुपर्ने हुँदा चाहिँ मागा अभियन्ताहरूले अमेरिकी संलग्नताको चर्को विरोध गर्न सक्छन् ।
यस सन्दर्भमा अर्को एक प्रश्न पनि उठिरहेको छ । इरानले आणविक हतियार बनाउन लागेकाले उसमाथि आक्रमण गर्नुपर्छ भनी इजरायलले लामो समयदेखि भनिरहेकोमा अहिले आएर किन आक्रमण थालेको हो ? अमेरिकी गुप्तचर निकायले इरान आणविक हतियार बनाउन अझै दुईतीन वर्ष असमर्थ रहेको भनी प्रतिवेदन दिएको सन्दर्भमा अहिल्यै किन आक्रमण गरिएको हो?
यसको उत्तर चीन–इरान रेलमार्गमा भेटिन्छ । गत मे महिनाको अन्त्यतिर चीनको बेल्ट यान्ड रोड इनिशिएटिभ अन्तर्गत चीनको सियानलाई इरानको राजधानी तेहरानसँग जोड्ने नयाँ रेलमार्ग आरम्भ भएको छ । कुल ४०० अर्ब डलर बराबरको यो परियोजनाका कारण सियानबाट तेहरान १५ दिनमै पुगिन्छ । माल ढुवानीको समय घटाउनुका साथै यसले होर्मुज जलमार्ग र स्वेज नहर जस्ता संवेदनशील नाकाको भरपर्दो विकल्प दिएको छ ।
यस्तो स्थितिमा अमेरिकी प्रतिबन्धलाई इरानले छल्न पाउँछ । त्यसैले यो रेलमार्ग सम्पर्क सञ्जालको भौतिक पूर्वाधार मात्र हैन, यो वैकल्पिक विश्व व्यवस्थाको रणनीतिक आरम्भविन्दु पनि हो । युरेसिया क्षेत्रलाई एकीकृत हुन नदिनका लागि इरानलाई एक्ल्याउने प्रयासस्वरूप खोजेको अमेरिकाले अधिकतम दबाबको रणनीति अपनाएको थियो । तर चीन, मध्य एसिया, रुस र भूमध्यसागरीय क्षेत्रलाई जोड्ने कोरिडोरको केन्द्रमा रहेको इरानलाई झुकाउन अमेरिका असमर्थ रह्यो । त्यसो त रुसबाट भारतसम्म पुग्ने इन्टरनेशनल नर्थ–साउथ ट्रान्सपोर्ट कोरिडोरको केन्द्रमा पनि इरान रहेको छ ।
इरानको यस्तो भूरणनीतिक अवस्थितिका कारण त्यहाँ आफूले चाहे जस्तो शासक अमेरिका र पश्चिमले चाहेका हुन् । अहिलेको इजरायली आक्रमण पनि इरानमा सत्तापलट गराउने उद्देश्यले आरम्भ गरिएको हो ।
ट्रम्पले अमेरिकी महाशक्तिको अहंलाई तुष्टि गर्नका लागि गरेको हवाई आक्रमणले पश्चिम एसियाको अशान्तिमा थप योगदान गरेको छ र विश्व अर्थतन्त्रलाई पनि जोखिमको स्थितिमा ल्याएको छ
अमेरिकाले चिनियाँ र इरानी कम्पनीहरूलाई कालोसूचीमा राख्न खोजेको र इरानको चाबहार बन्दरगाहमा अमेरिकाको समर्थनमा भारतले भौतिक पूर्वाधार बनाउन नसकेको सन्दर्भमा बेइजिङ र तेहरानले रेलमार्गमार्फत पश्चिमी प्रभुत्वबाट स्वतन्त्रताको उद्घोष गरेका छन् । यसले विश्वको दोस्रो ठूलो अर्थतन्त्रसँग इरानको व्यापारिक सम्बन्धलाई घनीभूत बनाउनेछ र पश्चिमले लगाएको बहुलट्ठीपूर्ण प्रतिबन्धलाई निस्तेज पार्नेछ ।
त्यस अवस्थामा पश्चिम एसियामा अमेरिकी युद्धपोतहरूको सान्दर्भिकता पनि समाप्त हुन्छ । चीन र इरानविरुद्ध जलक्षेत्रमा निगरानी गरिरहेको अमेरिकाले आफ्नो औचित्य सिद्ध गर्न सक्दैन । अमेरिकालाई यसरी पश्चिम एसियामा असान्दर्भिक बनाइदिने रेलमार्गलाई सफल हुन नदिनका लागि गरिएको प्रयासका रूपमा इरानमाथि इजरायलको आक्रमण र त्यसमा अमेरिकाले गरेको समर्थनलाई हेर्न सकिन्छ ।
जे भए पनि ट्रम्पले अमेरिकी महाशक्तिको अहंलाई तुष्टि गर्नका लागि गरेको हवाई आक्रमणले पश्चिम एसियाको अशान्तिमा थप योगदान गरेको छ र विश्व अर्थतन्त्रलाई पनि जोखिमको स्थितिमा ल्याएको छ ।
प्रतिक्रिया