
काठमाडौं । बैंकिङ प्रणालीबाट करिब ४ खर्ब ३६ अर्ब रुपैयाँ तलरलता खिचेको नेपाल राष्ट्र बैंकले आइतबार थप ६० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले ४२ दिन अवधिको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने बताएको छ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ ।
अर्थतन्त्रमा देखिएको शिथिलतासँगै कर्जाको माग अपेक्षित रुपमा हुन नसकेको तर रेमिट्यान्समा भएको वृद्धिसँगै निक्षेप निरन्तर बढ्दा बैंकहरुको अधिक तलरता भएको छ ।
बैंकहरुको नियमित सञ्चालनको लागि आवश्यकभन्दा बढी तरलता भएपछि राष्ट्र बैंकले निरन्तर रुपमा तरलता खिँच्दै आएको छ । ब्याजदर धेरै घट्न दिन नहुनेभन्दै चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमा (फ्लोर रेट) को रुपमा रहेको निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा उपलब्ध गराउँदै आएको छ ।
साथै नियमित रुपमा निक्षेप संकलन उपकरण बोलकबोलमार्फत केन्द्रीय बैंकले लामो अवधिको लागि पनि तरलता प्रशोचन गर्दै आएको छ । यसरी प्रशोचन गरेको तरलता गत शुक्रबारसम्म राष्ट्र बैंकमा रहेको मौज्दात ४ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ ।
आइतबार थप ६० अर्बको निक्षेप संकलन उपकरण बोलकलबोल गर्ने भएको हो ।








प्रतिक्रिया