भारतले इरानबाट आफ्ना नागरिकसहित नेपाली र श्रीलंकालीलाई पनि उद्धार गर्ने


काठमाडौं । भारतले इरानमा रहेका आफ्ना नागरिकसहित नेपाल र श्रीलंकाका नागरिकलाई उद्धार गर्ने भएको छ ।

इरानस्थित भारतीय दूतावासले शनिबार सामाजिक सञ्जाल एक्समा सार्वजनिक सुचना जारी गर्दै इरानको विभिन्न स्थानमा अलपत्र परेका आफ्ना नागरिकसहित नेपाल र श्रीलंकाका नागरिकलाई उद्धार गर्ने जनाएको छ ।

दूतावासले उक्त सूचनामार्फत इरानमा रहेका आफ्ना नागरिकसहित नेपाल र श्रीलंकाका नागरिकलाई दूतावासको सम्पर्कमा तत्कालै आउनसमेत आग्रह गरेको छ । सम्पर्क गर्नका लागि दूतावासले ‘नेपालएण्डश्रीलंका’ भनेर टेलिग्रामको विशेष युजर आइडीसमेत सार्वजनिक गरिएको छ ।