
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक (डिजिटल वालेट) पेवेल नेपाल तथा सजिलो पे पेमेन्ट सर्भिसेजको लाइसेन्स खारेज गरेको छ । २०७७ असोज ११ मा इजाजत पाएको पेवेल नेपाल र २०७७ चैत १७ मा इजाजत पाएको सजिलो पे पेमेन्ट सर्भिसेजको इजाजत खारेज भएको राष्ट्र बैंकले जनाएको छ ।
दुवै कम्पनीले भुक्तानी तथा फर्यौट ऐन, २०७५, भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ का विभिन्न व्यवस्थाहरु उलंघन गरेकोले इजाजत खारेज गरेको केन्द्रिय बैंकले जनाएको छ । हुन्डी कारोबार लगायतका विदेशी विनियम अपचलन लगायतका गतिविधिमा संलग्न भएको पाइएपछि राष्ट्र बैंकले दुबै संस्थाको कारोबार रोक्का राखेको थियो ।
राष्ट्र बैंकको ५ असार २०८२ को सञ्चालक समितिको निर्णले दुबै संस्थाको इजाजतपत्र खारेज गर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ । भुक्तानी तथा फर्स्योट ऐन, २०७५ को दफा ३५ को उपदफा (१) को खण्ड (च) को व्यवस्थाअनुसार उक्त संस्थाहरूको अनुमतिपत्र खारेज गरिएको जनाएको छ ।










प्रतिक्रिया