
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ४२ दिनको लागि ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो ।
चालु आर्थिक वर्षको सुरुवातबाट नै बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले निरन्तर तरलता खिच्दै आएको छ। लामो अवधिको लागि निक्षेप संकलन बोलकबोल र छोटो अवधिको लागि स्थायि निक्षेप सुविधामार्फत तरलता प्रशोचन गरीरहेको छ ।
आइतबार पनि निक्षेप संकलन बोलकबोलमार्फत ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो । बैंकहरुमा अधिक तरलता भएको अपेक्षित रुपमा कर्जा विस्तार हुन नसकेको तर निक्षेप निरन्तर बढ्दै जाँदा अधिक तलरताको चाप बढेको छ ।
केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भारित औसत अन्तरबैंक ब्याजदरलाई नीतिगद दरको नजिक राख्ने बताएको थियो । तर, ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरको करिब भने अन्तरबैंक ब्याजदर रहेको छ । राष्ट्र बैंकले निक्षेप संकलन दरमा नै स्थायी निक्षेप सुविधा उपलब्ध गराएको छ । साथै नियमित निक्षेप संकलन बोलकबोलमार्फत तरलता प्रशोचन गरेको कारण अन्तरबैंक ब्याजदर ३ प्रतिशतको करिब रहेको छ ।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएर बैंकिङ प्रणालीबाट प्रशोचन गरेको तरलता मौज्दात ४ खर्ब ३ अर्ब ४० करोड रुपैयाँ छ । आइतबार थप ४० खर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो ।








प्रतिक्रिया