घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

2.5k
Shares

काठमाडौं । वाणिज्य बैंकहरुले असार महिनाका लागि ब्याजदरको सूचना शनिबार प्रकाशित गरेका छन्। प्रकाशित भएको सुचना अनुसार बैंकहरुको औषत ब्याजदर जेठ महिनाको तुलनामा असारमा केही घटेको छ।

जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषत ५.९५२ प्रतिशतविन्दु रहेको थियो । असार महिनामा ०.०५ प्रतिशतविन्दु घटेर ५.९०२ प्रतिशत विन्दुमा झरेको छ।

२० बैंकमध्ये १५ बैंकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ५ बैंकले ब्याजदर घटाएसँगै औषत ब्याजदर पनि घटेको छ । असार महिनाका लागि ब्याजदर घटाउने बैंकहरुमा एभरेष्ट बैंक, कुमारी बैंक, एनएमबि बैंक, कृषि विकास बैंक र एनआईसी एशिया बैंक रहेका छन्।

असार महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर भने एभरेष्ट बैंक र एनआईसी एशिया बैंकमा बढी छ। ति दुबै बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ६.५५ प्रतिशतका दरले ब्याज दिने भएका छन्।

यस्तो निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैंकहरुमा भने कृषि विकास बैंक र नेपाल बैंक रहेका छन्। यी दुई बैंकहरुको यस्तो निक्षेपको अधिकतम ब्याजदर ५.४५ प्रतिशत रहेको छ।