भारतीय आकाशका १० ठूला दुर्घटना: आकाशमै दुई जहाज ठोक्किनेदेखि सागरमा खसेकोसम्म

945
Shares

एजेन्सी । भारतमा पछिल्ला केही दशकमा ठूलो जनधनको क्षति पुर्‍याएको यात्रुवाहक विमानहरू दुर्घटनाका घटना छन् । बिहीबार अहमदाबादमा एयर इण्डियाको बोइङ ७८७ ड्रीमलाइनर दुर्घटनाले भारत पुनः शोकमा परेको छ । दुर्घटनामा कम्तिमा २४१ जनाको मृत्यु भएको छ ।

विगतका घटनाहरू हेर्दा भारतमा नागरिक उड्डयन सुरक्षाका चुनौती अझै गम्भीर रहेको देखिन्छ । यहाँ छन्, विगतका केही प्रमुख तथा ठूला विमान दुर्घटनाहरूः

जुन २०२५ – अहमदाबाद, गुजरात
अहमदाबादबाट लण्डन जाँदै गरेको एयर इण्डियाको बोइङ ७८७ ड्रीमलाइनर बिमान उडेको केही समयमै छात्राबासाथि खसेको थियो । बिमानमा सवार २४१ जनाको मृत्यु भएको छ ।

अगस्ट २०२० – कोझिकोड, केरल
दुबईबाट भारत आइरहेको एयर इण्डिया एक्सप्रेसको बोइङ ७३७ विमान भारी वर्षाका बीच रनवेबाट चिप्लिएर खोंचमा खस्दै जमिनमा ठोक्किएको थियो । उक्त दुर्घटनामा २१ जनाको मृत्यु भएको थियो ।

मे २०१० – म्याङ्गलुरु, कर्नाटका
दुबईबाट आएको एयर इण्डियाको बोइङ ७३७ विमान म्याङ्गलुरु विमानस्थलमा अवतरणको क्रममा रनवे नाघेर खोँचमा खस्दा १५८ यात्रुहरूको मृत्यु भएको थियो । यो भारतको इतिहासमा सबैभन्दा धेरै मानवीय क्षति भएको विमान दुर्घटनाहरू मध्ये एक हो ।

जुलाई २००० – पटना, बिहार
कोलकाताबाट नयाँदिल्ली जाँदै गरेको राज्य स्वामित्वको एलायन्स एयरको एक विमान पटना सहरको बासोबास क्षेत्रमा खस्दा ५० भन्दा बढीको मृत्यु भएको थियो ।

नोभेम्बर १९९६ – चरखी दादरी, हरियाणा
साउदी अरेबियन एयरलाइन्स र कजाकिस्तान एयरलाइन्सका दुई विमानहरू चरखी दादरी माथि आकासमै ठोक्किँदा ३५० यात्रुको ज्यान गएको थियो । यो भारतको इतिहासमै सबैभन्दा ठूलो विमान दुर्घटना हो ।

अप्रिल १९९३ – औरंगाबाद (छत्रपति सम्भाजीनगर), महाराष्ट्र
इन्डियन एयरलाइन्सको बोइङ ७३७ विमान टेकअफका क्रममा दुर्घटनामा पर्दा ५५ जनाको मृत्यु भयो ।

अगस्ट १९९१ – इम्फाल, मणिपुर
कोलकाताबाट इम्फाल गइरहेको इन्डियन एयरलाइन्सको बोइङ ७३७ विमान अवतरणको क्रममा इम्फाल नजिकै दुर्घटनामा पर्दा सबै ६९ यात्रुको मृत्यु भएको थियो ।

फेब्रुअरी १९९० – बैंगलोर, कर्नाटक
इन्डियन एयरलाइन्सको बिमान बैंगलोर विमानस्थलमा एप्रोचका क्रममा दुर्घटनामा परेको थियो । पाइलटका त्रुटीका कारण दुर्घटनाका कारण ९० जनाको मृत्यु भएको थियो ।

अक्टोबर १९८८ – अहमदाबाद, गुजरात
मुम्बईबाट अहमदाबाद आउँदै गरेको इन्डियन एयरलाइन्सको बोइङ ७३७ विमान अवतरणका क्रममा दुर्घटनामा पर्दा १३० भन्दा बढी यात्रुको मृत्यु भएको थियो ।

जनवरी १९७८ – अरब सागर, मुम्बई तट
मुम्बईबाट उडेको एयर इण्डियाको एक विमान उडानको केही समयमै पाइलटले नियन्त्रण गुमाउँदा विमान सीधा अरब सागरमा खसेको थियो । दुर्घटनामा सवार सबै २१३ जनाको ज्यान गएको थियो ।