
काठमाडौं । जब रोगले ढोका ढकढक्याउँछ, उपचार बाहेक अर्को विकल्प हुँदैन । उपचार गर्नका लागि अस्पतालको बेड नै अन्तिम आशा बन्ने गर्छ । यस्ता आपतकालीन घडी सहज हुँदैनन् — शारीरिक पीडा त हुन्छ नै, आर्थिक बोझ झन् गह्रौं बन्छ । स्वास्थ्य उपचारमा लाग्ने खर्च कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता सबैलाई हुन्छ ।
न्यून आम्दानी, कम बचत जस्ता कुराहरुले स्वास्थ्यमा समस्या आउँदा खर्च व्यवस्थापन कठिन बन्नु स्वभाविक पनि हो । यही चुनौतीलाई सहज बनाउन केही बिमा कम्पनीहरुले विभिन्न योजना ल्याउने गरेका छन् । तर, तीमध्ये सन नेपाल लाइफले पहिलोपटक नेपालमै एउटा आकर्षक योजना ल्याएको छ ।
सन नेपाल लाइफले ल्याएको यो योजनाले अस्पतालको खर्चको कागजात भन्दा पनि अस्पताल बसाइको आधारमा दाबी भुक्तानी प्रदान दिन्छ जुन हो ‘सन मेडिकेयर’ । आकस्मिक ढंगमा स्वास्थ्यमा समस्या आउँदा सन मेडिकेयरले छिटो, भरपर्दो र झन्झटरहित बिमा प्रदान गर्दछ । यसले स्वास्थ्यमा समस्या आउँदा पर्ने आर्थिक बोझ कम गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।
हुन, त सन नेपाल लाइफका अन्य थुप्रै योजना तथा प्रोडक्ट महत्वपूर्ण र मानिसका लागि धेरै सहयोगीपूर्ण छन् समयको चक्रसँगै यस बिमा कम्पनीले नयाँनयाँ र समसामयिक योजनाहरु ल्याउने गरेको छ । सन मेडिकेयर पनि यस बिमा कम्पनीले ल्याएको नयाँ प्रोडक्ट हो जसबाट नागरिकले पर्याप्त फाइदा लिन सक्दछन् ।
सन मेडिकेयर योजना कस्तो ?
धेरै वटा बिमा कम्पनीहरुले धेरै किसिमका बिमा योजनाहरु बजारमा सञ्चालन गरिरहेको बेलामा नागरिकहरुलाई कुन बिमा योजना कस्तो हो भन्ने किसिमका जिज्ञासा रहने गरेको छ । त्यस्तै समयमा सन नेपाल लाइफले सन मेडिकेयर एउटा नवीन बिमा सुविधा रहेको र त्यसले आकस्मिक स्वास्थ्य समस्याबाट हुने खर्चको तत्काल राहत प्रदान गर्ने जनाएको हो ।
दुर्घटना होस् या गम्भिर रोग—अस्पताल भर्ना हुँदा खर्चिनुपर्ने औषधि उपचारमा १ लाख रुपैयाँसम्मको बिमा सुरक्षा प्रदान गर्ने कारण उक्त बीमा योजनामा नागरिकहरुको आकर्षण बढ्दै गएको कम्पनीले जनाएको छ । सन मेडिकेयर आपतकालीन अवस्थामा औषधिउपचार गर्न सहज होस् भन्ने हेतुले सन लाइफले सुरु गरेको यस बिमा योजना नेपालमा पहिलोपटक सुरु भएको कम्पनीको दाबी छ ।
सन मेडिकेयरले के–के कभर गर्छ ?
सन मेडिकेयर योजनाले दुर्घटना, एपेन्डिसाइटिस, प्यान्क्रियाटाइटिस, हृदयघात, विद्युतीय तथा अन्य जलन, डुबान, विषाक्तता, आन्द्रामा रगत बग्ने जस्ता समस्या समाधान गर्छ । यस्तै कीरा र सर्प टोकाइ, तापघात, मस्तिष्कमा चोट, गर्भाशय बाहिरको गर्भ, मानसिक स्वास्थ्य संकट, घाउमा संक्रमण आदि पनि यसले कभर गर्दछ ।
यस्ता छन् सन मडिकेयर रोज्दा हुने फाइदाः
क. शल्यक्रिया सहित अस्पतालमा भर्ना हुँदाः पहिलो २ दिन प्रति दिन बिमांक रकमको २५ प्रतिशतसम्म तथा त्यसपछिका ५ दिन प्रति दिन बिमांक रकमको १० प्रतिशत रकम पाइने कम्पनीले जनाएको छ । सोही कारण पनि यस्तो बिमामा नागरिकहरुको आकर्षण बढेको छ ।
ख. शल्यक्रिया रहित अस्पतालमा भर्ना हुँदाः १० दिनसम्म, प्रति दिन १० प्रतिशतका दरले राहत दिने कम्पनीले जनाएको छ ।
आपतकालिन अवस्थामा आर्थिक चिन्ता कम गर्न सन मेडिकेयर आवद्ध हुँदा सुरक्षाको सुनिश्चित गर्दै आफ्नो लागि र परिवारको लागि रक्षावरण हुने सन नेपाल लाइफले जनाएको हो ।
जीवन अनिश्चित हुँदा वित्तीय सुरक्षा सुनिश्चित गर्नु आजको आवश्यकता बनेको छ । आकस्मिक स्वास्थ्य समस्या र अस्पताल भर्नाका चुनौतीलाई सहज बनाउन सन नेपाल लाइफले ल्याएको सन मेडिकेयरु योजना, नेपालमै पहिलोपटक अस्पताल बसाइको आधारमा दाबी भुक्तानी प्रदान गर्ने बीमा सुविधा हो ।
आपतकालीन अवस्थामा आर्थिक राहत र मनोबल दिन सक्ने यस्ता योजनाहरु अब आमनागरिकका लागि अत्यन्त उपयोगी विकल्प बनेका छन् । यसै सन्दर्भमा, समयमै सोचेर योजना रोज्नु नै सुरक्षित भविष्यतर्फको जिम्मेवार कदम हुन सक्छ ।







प्रतिक्रिया