स्वदेशी मह सेवन गर्न कृषि मन्त्री अधिकारीको आग्रह

42
Shares

काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले महमा गुणस्तर कायम गरे आयातित महले बजार खोस्न नसक्ने वताएका छन ।

छैठौ मह मेलाको काठमाडौंको भृकुटीमण्डपमा उद्धघाटन गर्दे मन्त्री अधिकारीले खुल्ला वजारमा सवैले प्रतिस्र्पधा गर्न पाउने भएकाले शुद्ध मह उत्पादनलाई पहिलो प्राथमिकतामा राख्न जोड दिए ।

बैक तथा वित्तिय संस्थालाई मौरी किसानहरुमा पनि लगानी गर्न आग्रह गर्दे मन्त्री अधिकारीले चरन क्षेत्रको समस्या समाधान गर्न सरकारले सहयोग गर्ने जानकारी दिए ।

स्वास्थ्यका दृष्टिकोणवाट पनि महको नियमित सेवन फाईदाजनक भएकाले स्वदेशी महको सेवन गरिदिन पनि उनले आग्रह गरे ।

मह उत्पादकलाई उत्पादनमा जोड दिन आग्रह गर्दे मन्त्री अधिकारीले वजारको समस्या विस्तारै हटाउन सरकारले पहल गरिरहेको उनको भनाई छ ।

हाल नेपालमा वार्षिक पाँच हजार मेट्रिक टनभन्दा वढि मह उत्पादन हुने गरेको व्यवसायीहरुले वताएका छन । हाल सरकारले मह आयातमा रोक लगाएको छ ।