बिमा प्राधिकरणमा इजलास सञ्चालन, पक्ष विपक्षका कानून व्यवसायीले गरे बहस

126
Shares

काठमाडौं । नेपाल बिमा प्राधिकरणले बिमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाइ गर्ने प्रयोजनका लागि इजलास सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आजदेखि इजलाश संचालनमा ल्याएको हो ।

नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले प्राधिकरणमा दायर भएका बिमा सम्बन्धी उजुरीहरू शिघ्रताका साथ फछ्र्यौट गर्दै जाने प्रतिवद्धता जनाए अनुसार छुट्टै कक्ष स्थापना गरी इजलाश संचालनमा ल्याइएको हो ।

प्राधिकरण अध्यक्ष ओझाको अध्यक्षतामा संचालक समितिका सदस्यहरू मान बहादुर अर्याल, सन्तोष रिजाल र राधा कुमारी पोखरेलको सहभागितामा आज नयाँ कक्षमा इजालाश बसेको छ ।

प्राधिकरणमा एक बीमितले बिमा कम्पनीबाट बिमा दाबी नपाएको भनी दिएको उजूरी माथि इजलाशमा पक्ष तथा विपक्षका कानून व्यवसायीहरूबाट बहस भएको थियो ।