
काठमाडौं । मन्त्रिपरिषद्को जेठ १५ र १९ गते सम्पन्न बैठकका निर्णयहरू सार्वजनिक गरिएका छन् । बैठकले विभिन्न चारवटा नयाँ विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृति प्रदान गरेको छ ।
जेठ १५ गतेको बैठकले सडक सुरक्षा, हुलाक सेवा, गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समिति सम्बन्धी विधेयकहरू तयार गर्न सिद्धान्त स्वीकृति दिएको हो।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार, सोही बैठकले मन्त्री, सचिव तथा मेयरहरूको विदेश भ्रमणसमेत स्वीकृत गरेको छ । उनले जानकारी दिएअनुसार, जेठ १५ गतेको बैठकबाट ९ वटा र १९ गतेको बैठकबाट ५ वटा गरी कुल १४ वटा निर्णयहरू गरिएका छन् ।










प्रतिक्रिया