
काठमाडौं । संघीय सरकारले राइड शेयरिङसम्बन्धी व्यवस्था तत्काल कार्यान्वयनमा नल्याउने सहमति जनाएपछि सिण्डिकेटधारी यातायात व्यवसायीको संघर्ष समितिले मंगलबार साँझ आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ ।
आन्दोलनको कार्यक्रम फिर्ता लिएपछि आजदेखि पूर्ववत् रुपमा सार्वजनिक सवारीका साधन चल्ने भएको छ ।
संघीय सरकारको दबाबमा गण्डकी प्रदेश सरकारले एक महिनाको लागि राइड शेयरिङसम्बन्धी व्यवस्था तत्कालको लागि स्थगत गरेको छ । साँसददेखि सर्वसाधारणसम्म राइड शेयरिङको पक्षमा भएपनि सरकार यातायात व्यवसायीको सामु निरिह बन्दै सहमति जनाएको हो ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ एपको बारेमा ल्याएको नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले आन्दोलन गर्दै आएका थिए ।
मंगलबार साँझ गण्डकी सरकारले उक्त नियमावली एक महिनाका लागि स्थगित गरेपछि भने यातायात व्यवसायीले पनि आफ्नो प्रदर्शन फिर्ता लिने निर्णय गरेका हुन् ।








प्रतिक्रिया