काठमाडौं नगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित

826
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

प्रशासकीय अधिकृत गुरागाईंले यसअघि कार्यालय प्रवेश गर्न अवरोध पुर्‍याएको भन्दै पाण्डेलाई स्पष्टिकरण सोधेका थिए ।